आइतबार, जेठ ६, २०८१

तोलामा दुई सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०८१ वैशाख २४ गते ११:३५

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।

चाँदी मूल्य तोलामा एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा एक लाख छ सय ४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया