आइतबार, जेठ ६, २०८१

पूर्ण रूपमा नि:शुल्क उपचार लिएर इजी डेन्टल सञ्चालनमा आउँदै

नेपालखोज २०८१ वैशाख २५ गते १०:३०

काठमाडौं । उत्कृष्ट उपचार र सबैको मुस्कानको साथी बन्न सक्ने गरी ३० वर्षको लामो अनुभव लिएर इजी डेन्टल सञ्चालनमा आउने भएको छ । समाज र स्वास्थ्य क्षेत्रमा लामो समय बिताइसकेका अनुभवीहरूको सक्रियतामा उत्कृष्ट दन्त चिकित्सा प्रदान गर्न एईएम ग्रुद्वारा सञ्चालित इजी डेन्टलले छिट्टै आफ्नो सेवा सुरु गर्न लागेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ चाबहिल माहांकाल खानेपानी संस्थान अगाडीको भवनमा सेवा सुचारु गर्न लागेको इजी डेन्टलमा शुभारम्भ को अवसरमा ओपिडी तथा परामर्श , आर सी टि (जरा देखिको उपचार ),तथा दाँत सफा गर्ने जस्ता उपचार पूर्ण रूपमा नि:शुल्क गरिने इजी डेन्टलले जनाएको छ ।

इजी डेन्टलमा बिरामीका लागी आधुनिक उपचार कक्षहरू, नविनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू , आरामदायक प्रतीक्षा क्षेत्रहरू, बिरामीको सुविधाको लागि लिफ्ट लगायत पर्याप्त पार्किङको सुविधा सहित सञ्चालन हुन लागेको इजी डेन्टलका प्रमुख अजय कुमार रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया