मंगलबार, असार १२, २०८१

सभापति खतिवडाले गरे पीडित परिवारलाई सहयोग

नेपालखोज २०८१ वैशाख ३१ गते ८:१५

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।

सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा २२ हजार र नगरपालिकाबाट उपलब्ध भएको एक लाख सहयोग प्रदान गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया