आइतबार, असार ३, २०८१

बेलायतमा आमचुनाव गर्ने घोषणा

नेपालखोज २०८१ जेठ १० गते ७:५०

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले स्वीकृत गरेको भन्दै आउँदो जुलाई ४ मा आमचुनावको घोषणा गरेका हुन् । बेलायतमा अब अर्को हप्ता संसद विघटन हुँदैछ । त्यसपछि निर्वाचन प्रक्रिया शुरु हुने बेलायती सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेर विश्वासको मत मागिरहेका बेला उनले चुनावको घोषणा गरेको बीबीसीले जनाएको छ । संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया