आइतबार, असार ३, २०८१

गण्डकी प्रदेशसभा बैठक आह्वान

नेपालखोज २०८१ जेठ १० गते १२:३६

गण्डकी । गण्डकी प्रदेशसभा बैठक आह्वान भएको छ ।

सभामुख कृष्ण धितालले शुक्रबारका लागि संसद् बैठक बोलाएका हुन् । उनको आह्वानसँगै संसद् सचिवालयले सबै प्रदेशसभा सदस्यलाई मोबाएलमा म्यासेज पठाएर शुक्रबारदेखि बैठक हुने जानकारी गराएको छ । संसद् बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन ।

गण्डकी प्रदेशमा सभामुख समेतको संलग्नतामा गत चैत २५ मा खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएपछि विवाद सुरु भएको हो । सोही विषयलाई कांग्रेसले असंवैधानिक भएको जनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो। सोही रिटका कारण प्रदेश सभा अनिश्चित बन्दै आएको थियो ।

तर सर्वोच्चले उक्त रिट खारेज गरिदिएपछि गत वैशाख २५ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया