बुधबार, असार १८, २०८२

राष्ट्रिय सभाको बैठक बस्दै

नेपालखोज २०८१ जेठ ११ गते ७:५०

काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजे बस्ने बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबाट जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहालले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

यस्तै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अध्यक्षले आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने छन् भने आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

प्रतिक्रिया