मंकीपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल
अफ्रिकी मुलुकहरूमा मंकीपक्सको संक्रमण पछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले यो रोगलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अफ्रिकी मुलुक कंगो र आसपासका मुलुकहरूमा मंकीपक्स फैलिएपछि डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यसलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेका हुन्।
डब्ल्युएचओले एमपक्सको संक्रमण १३ वटा अफ्रिकी मुलुकमा देखिएको बताएको छ। बुरून्डी, केन्या, रूवान्डा, युगान्डा लगायत देशमा यसका नयाँ भेरियन्टको संक्रमण देखिन थालेको हो।
अफ्रिकामा यो वर्षमात्र १४ हजारभन्दा बढीमा संक्रमण देखिएको र ५ सय २४ जनाले ज्यान गुमाइसकेको एपीले जनाएको छ। यसले सबभन्दा बढी कंगोलाई प्रभावित तुल्याएको छ किनभने यो रोगको ९६ प्रतिशत केस र मृत्यु कंगोमा केन्द्रीत छ ।
एमपक्स सरूवा रोग भएकोले यो यौन सम्पर्क, कसैले छोएमा, सास र कुराकानी गर्दा समेत सर्न सक्छ ।
प्रतिक्रिया