मंगलबार, असोज १, २०८१

कुन देश सँग छ सबैभन्दा धेरै सुन ? 

नेपालखोज २०८१ भदौ १६ गते १५:१८

काठमाडाैं । सन् २०२४ मा सुनको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ । यसको प्रमुख कारण केन्द्रीय बैङ्कले सुन खरिद गर्नु हो । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार संसारमा सबैभन्दा बढी सुन यी देशमा छ ? 

अमेरिका : अमेरिकासँग विश्वको सबैभन्दा ठुलो सुन भण्डार छ । अमेरिकाको केन्द्रीय बैङ्कसँग अहिले ८,१३३.४६ टन सुन मौजाद छ जसको मूल्य ६०९,५२७८.५ लाख डलर हुन्छ । 

जर्मनी : जर्मनीको केन्द्रीय बैंक सँग विश्वको दोस्रो ठुलो सुन भण्डार छ । जर्मनी सँग ३,३५१.५३  टन सुन छ र यसको मूल्य २५१,१६६१.३ लाख डलर हुन आउँछ। 

इटाली : इटालीसँग सुनको तेस्रो ठुलो भण्डार छ। इटालीमा भएको २,४५१.८४  टन सुनको मूल्य लगभग १८३,७४२५.२ लाख डलर हुन्छ । 

फ्रान्स : फ्रान्स सँग भएको सुनको कुल तौल २,४३६.९७ टन छ र यसको मूल्य १८२,६२८३.५ लाख डलर हुन आउँछ । यो फ्रान्समा भएको सुनको करिब ७० प्रतिशत हो । 

रुस : रुससँग उसको भण्डारमा २,३३५.८५ टन सुन छ, जुन विश्वको पाँचौँ ठुलो भण्डार हो। यसको मूल्य १७५,०५०५.९  लाख डलर हुन्छ । यो रुसको कुल सुन सञ्चितिको २९.४७ प्रतिशत मात्र हो । 

चीन : चिनियाँ केन्द्रीय बैङ्कसँग देशको कुल भण्डारको ४.९१ प्रतिशत मात्र सुन छ । चिन सरकारसँग भएको २,२६४.३२ टन सुनको मूल्य १६९,६८९५.२ लाख डलर हुन्छ । 

जापान : जापानसँग ८४५.९७ टन सुन छ, जुन उसको देशमा भएको कुल सुनको ५.१५ प्रतिशत हो । यसको मूल्य ६३,३९७८ लाख डलर हुन आउँछ । 

भारत : सुनको भण्डारमा भारत आठौँ स्थानमा छ । भारतसँग ६३,००७२ लाख डलर बराबरको ८४०.७६ टन सुन छ। भारतीय केन्द्रीय बैंकमा सुनको राष्ट्रिय भण्डारको ९.५७ प्रतिशत हिस्सा छ। 

नेदरल्याण्ड्स : नेदरल्याण्डको केन्द्रीय बैङ्कसँग देशको कुल सुन भण्डारको ६१. ६१ प्रतिशत सुन छ । यो ६१२.४५ टन सुनको मूल्य करिब ४५,८९७.५ लाख डलर पर्छ । 

टर्की : ५८४.९३ टन सुनको भएको टर्की विश्वको दसौँ ठुलो सुन भण्डार हो । उक्त सुनको मूल्य ४३,८३४९.३ लाख डलर हुन आउँछ ।

प्रतिक्रिया