मंगलबार, असोज १, २०८१

कविता : आमा

बसन्त बस्नेत २०८१ भदौ १९ गते ८:४१

आमालाई
मातृत्वले बाँध्नु अघि
वा आमालाई
अपरिचित सँग सम्बन्ध गाँसिदिनु अघि
आमा कतै थिइन
आमा नभई
श्रीमती नभई
बुहारी नभई
बसन्तले छोएको बन झैँ थिइन
उनी फुलि रहन्थिन्
उनी वाची रहन्थिन्
अहिले आमा नभएको हैन
अहिले पनि छिन
वाची रहेछिन्
मनभरि ग्रीष्मको हुरी बोकेर।

प्रतिक्रिया