चट्याङ किन पर्छ ?
काठमाडाैं । अत्यधिक गर्मी, घाम र बिजुली । जबरजस्त गर्मी पछि चट्याङ पनि पर्छ । तर चट्याङ कसरी पर्छ र त्यसपछि के हुन्छ ?
आकाशमा सर्ट सर्किट
यस्तो लाग्छ आकाशको शरीरका कयौँ नसाहरूमा एक्कासि आगो लागेको छ । जहिले पनि चट्याङ पर्दा यस्तो दृश्य देखिन्छ । यस्तो एकटकको चट्याङले ५० करोड भोल्टसम्म ऊर्जा उत्पादन गर्न सक्छ। जर्मनीमा हरेक वर्ष २० लाख पटक चट्याङ पर्छ।
चट्याङ त्यस्ता व्यक्तिमा पर्न सक्दैन जसले चट्याङको बिजुलीलाई परावर्तित गर्ने पहिरन लगाएका हुन्छन् । विज्ञानको भाषामा यसलाई फराडेको पिँजरा भनिन्छ । खतरनाक चट्याङ यो धातुलाई प्रहार गरी फर्कन्छ। पृथ्वीमा चट्याङ सधैँ अग्लो स्थानमा पर्छ । त्यस कारण अग्ला भवनहरूमा प्रतिरोधक रड स्थापना गरिएको हुन्छ । यो धातुले जमिनको गहिराइमा विद्युत् प्रवाह गर्छ। यस्तो रडको आविष्कार १७५२ मा भएको हो ।
करोडौँको घाटा
जर्मन बिमा कम्पनीहरूले २०१३ मा चट्याङका कारण २८ करोड युरोको नोक्सानी बेहोरेका थिए । यो विद्युत् आपूर्तिमा आएको अवरोधका कारण भएको सबैभन्दा ठुलो क्षति हो । चट्याङ लागेपछि घरघरमा विद्युत् आपूर्ति प्रभावित हुने गरेको छ । त्यसैले यस्तो मौसममा बिजुलीका प्लगहरू झिकिदिनु उपयुक्त हुन्छ।
मिथक कि सत्य
बिजुलीको यस्तो स्ट्राइकले फायर बल जस्तो आकार सिर्जना गर्दछ, जसले विनाश ल्याउँछ भन्ने कुरा मिथक हो कि सत्य ? वैज्ञानिकहरू भन्छन् क- यस्तो घटना अवश्य हुन्छ तर यो तस्बिरमा कैद भएको छैन ।
डर र आश्चर्य
कतिपय मानिसलाई चट्याङ परेको घटना निकै रोमान्टिक लाग्छ, तर त्यसका बारेमा सोच्दा मात्रै पसिना आउन थाल्यो भने त्यो व्यक्ति एस्ट्राफोबियाको सिकार हुन सक्छ । बिजुलीसँग धेरै डराउने रोगलाई यो नाम दिइएको हो।
कलाकारहरूको प्रेरणा
यस्ता घटना धेरै स्टेज सोहरूमा देखाइएका छन् । चर्चित कलाकार वाल्टर डी मारिया अमेरिकाको न्यु मेक्सिकोको एउटा विशाल मैदानमा यस्तै स्टेज बनाएका छन् ।
प्रतिक्रिया