बुधबार, असोज ३०, २०८१

बलिउडका सर्वाधिक धनी परिवार 

नेपालखोज २०८१ भदौ २५ गते १६:००

काठमाडाैं । जब बलिउडमा सबैभन्दा धनी परिवारको कुरा आउँछ तब धेरैलाई लाग्न सक्छ त्यस्तो परिवार पक्कै शाहरुख खान वा अभिताब बच्चनको परिवार नै हो । यद्यपि यो सत्य होइन । यी स्टार भन्दा धेरै धनी परिवार अरु पनि छन ।

आउनुहोस् जानौं बलिउड फिल्म इन्डस्ट्रीका ९ धनी स्टार परिवार कसको हो त ? 

देओल परिवार – बलिउडमा धर्मेन्द्रको देओल परिवारको कुल सम्पत्ति करिब १६०० करोड रुपैयाँ छ ।  

जोहर परिवार – मिडिया रिपोर्ट अनुसार करण जोहरको परिवारको कुल सम्पत्ति ३२०० करोड रुपैयाँ छ । 

कपूर परिवार – कपूर परिवारको कुल सम्पत्ति करिब ४,८०० करोड रुपैयाँ छ । यसमा करीना कपूर खान, रणवीर कपुर तथा आलिया भट्टको नेटवर्थ समावेश छ। 

सैफ अली खान परिवार – पटौदी परिवारका यी नवाबको परिवारको कुल सम्पत्ति करिब ५४२४ करोड रुपैयाँ छ। 

अमिताभ बच्चन परिवार : अमिताभ बच्चन, अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको कुल सम्पत्ति करिब ७,२०० करोड रुपैयाँ छ। 

सलमान खान परिवार – बलिउडका यी दबंग खानको परिवारको कुल सम्पत्ति करिब ८ ,३९८ करोड रुपैयाँ छ। 

चोपडा परिवार – चोपडा परिवार बलिउडको तेस्रो धनी परिवार हो। यशराज फिल्म्सका अध्यक्ष आदित्य चोपडाको कुल सम्पत्ति करिब १२ , ८०० करोड रुपैयाँ छ । 

शाह रुख खान – बलिउडका किंग खान अर्थात् शाह रुख खान परिवार बलिउडको दोस्रो धनी परिवार हो । जीक्यूका अनुसार शाह रुख खान र गौरी खानको कुल सम्पत्ति १२,९५३ करोड रुपैयाँ छ । 

सबैभन्दा धनी को ?

बलिउडको सबैभन्दा धनी परिवार भूषण कुमारको परिवार हो। मिडिया रिपोर्टहरू अनुसार टिसिरिजको मालीकको यो परिवारको कुल सम्पत्ति १६ ,००० करोड रुपैयाँ छ ।

प्रतिक्रिया