आइतबार, असोज २७, २०८१

विश्वका ५ अति गरिब देश !

नेपालखोज २०८१ भदौ २५ गते १५:००

काठमाडाैं । संसारका कतिपय देश निकै  धनी छन् भने धेरै देश गरिब पनि छन्। गरिब देशहरूमा पनि अति गरिब देशहरू छन् जहाँको आर्थिक अवस्था खासै राम्रो छैन । यी अति गरिब देशहरूमा आधारभूत सुविधाको समेत अभाव छ । यी देशहरूमा प्रतिव्यक्ति आय यति कम छ कि जो कोही चकित हुन सक्छ। 

आईएमएफले दक्षिण सुडानलाई गरिब देशको सूचीको शीर्ष स्थानमा राखेको छ । यहाँ प्रतिव्यक्ति वार्षिक आय ४५५ अमेरिकी डलर मात्र छ । 

सूचीमा दोस्रो स्थानमा बुरुण्डी छ  जहाँ प्रतिव्यक्ति आय ९१५.८८ डलर छ ।  यो सूचिको तेस्रो नम्बरमा सेन्ट्रल अफ्रिकन रिपब्लिक छ । यहाँको वार्षिक प्रतिव्यक्ति आय १,०१२ अमेरिकी डलर छ। 

यो सूचिको चौथो र पाँचौँ स्थानमा कङ्गो १०५५ डलर प्रतिव्यक्ति आय तथा मोजाम्बिक १०६६ डलर प्रतिव्यक्ति आय छन् । 

यी सबै अफ्रिकी देश हुन ।

प्रतिक्रिया