आइतबार, असोज २७, २०८१

चीनमा कुकुरको विवाह गर्ने चलन बढ्दै

नेपालखोज २०८१ भदौ २५ गते १७:१०

काठमाडाैं । चीनमा घरपालुवा जनावरको लोकप्रियताका साथै उनीहरूलाई गरिने हेरचाह एवं व्यबहारमा मानिसहरूको चासो बढ्दै गएको छ भने यसमा बिबिधता पनि देखिन्छ ।

ब्री र बन्डको विवाह

ब्री र बन्डको विवाह कुनै सेलिब्रेटीको विवाहभन्दा कम थिएन । गोल्डेन रिट्रिभर ब्री र बोन्डको विवाहका लागि विशेष व्यवस्था गरिएको थियो। ब्रीले सेतो लेसको गाउन लगाएकी थिइन्। उनिहरुको विवाहका लागि स्वादिष्ट केक पनि तयार गरिएको थियो।
ब्रीका मालिक रे लिंग भन्छन् – ” जब मानिसहरूले विवाह गर्छन् भने कुकुरहरूले विवाह गर्न किन हुँदैेन्?”

विवाहको तयारी

रे र उनकी प्रेमिका गिगी चानका अनुसार उनीहरूलाइ आफ्नो विवाह गर्न कुनै हतार छैन् । उनिहरुले आफ्नो घरपालुवा कुकुरको विवाह समारोहको योजना निकै सावधानीपूर्वक बनाएका थिए । विवाहका लागि पेशेवर फोटोग्राफरहरू नियुक्त गरिएका थिए भने निम्ताका लागि डिजाइनर कार्ड समेत तयार गरिएको थियो ।

विवाह विशेष केक

याङ ताओ सांघाईमा बेकरी चलाउँछिन् जसले घरपालुवा जनावरका लागि विशेष केक पनि बनाउँछ । याङ भन्छिन् – उनी सुरुमा छक्क परेकि थिइन जब ग्राहकहरूले उनलाई उनीहरूको कुकुरहरूका लागि विवाहको केक बनाउन भनेका थिए । उनले भनिन , मलाई लाग्छ कुकुर र बिरालोहरुको बिहे गर्ने य‍ो चलन अझ बढ्दै जानेछ ।

घरपालुवा जनावरको खर्च बढ्दै

घरपालुवा जनावरहरूको लोकप्रियता एवं तिनमा पैसा खर्च गर्ने बढ्दो इच्छाले य‍ो प्रवृत्तिलाई बढावा दिइरहेको छ । एउटा चिनियाँ तथ्याङ्कले चिनमा कुकुर – बिरालाहरूमा भएको खर्च गत वर्षको तुलनामा २०२३ मा ३.२ प्रतिशतले बढेर ३८.४१ बिलियन डलर पुगेको देखाउँछ।

मानिसको विवाह कम हुँदैछ

चीन तीव्र रूपमा बुढ्यौली समाजमा परिणत हुँदैछ जहाँ विवाह दरमा निरन्तर गिरावट आइरहेको छ भने जन्मदर वृद्धि बढाउने सरकारी नीतिहरू असफल भइरहेका छन्।

प्रतिक्रिया