आइतबार, असोज २७, २०८१

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगदरहित बीमा सम्बन्धी सम्झौता

नेपालखोज २०८१ भदौ २५ गते १८:२६

काठमाडौं । महिन्द्रा फोर व्हीलरको बिराटनगर, ईटहरी, धरान का आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, ईष्टन अटो प्वाईन्टले नगद रहित दावीका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स क. लि (सलिको) संग सम्झौता गरेको छ ।

सो सम्बन्धी आधिकारीक विक्रेताकोतर्फबाट ईष्टन अटो प्वाईन्टका संचालक किरण भट्टराई, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापश्चात महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहुचयोग्य र झन्झटमुत्त सेवाहरु पाउने छन् ।

उक्त अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधीहरु, इस्टर्न मोटर्सका संचालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधीहरु, स्थानिय बैंकका प्रतिनिधीहरु, बीमा सर्भेयरहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया