मंगलबार, असार १७, २०८२

हङकङको एक सपिङ मलमा आगलागी

नेपालखोज २०८१ भदौ २७ गते १०:४३

बिहीबार बिहान हङकङको क्वुनतोङस्थित एपीएम सपिङ मलमा आगलागी भएको छ।

सपिङ मलको ११औँ तलामा रहेको गोदाममा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएको छ । बिहान ८ बजे लागेको आगो अग्निनियन्त्रकको टोलीले तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

आगो नियन्त्रणमा लिने क्रममा ११ देखि १८औँ तलासम्मका कामदारलाई तल लबीमा राखिएको थियो। आगो नियन्त्रणमा आई धुँवा पूर्ण रूपमा हटेपछि उनीहरूलाई काममा फर्काइएको थियो।

प्रारम्भिक अनुसन्धानपछि बिजुलीको तारमा सर्ट सर्किट भएर आगलागी भएको आँकलन अग्निनियन्त्रकहरूको छ।

प्रतिक्रिया