आइतबार, असोज २७, २०८१

सबैभन्दा कम ऋण भएका देश !

नेपालखोज २०८१ भदौ २७ गते १७:००

काठमाडाैं । राष्ट्रको प्रगतिमा सार्वजनिक ऋणले महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने राष्ट्र सङ्घको भनाइ छ । संयुक्त राष्ट्रका अनुसार – सरकारले यसलाई आफ्नो खर्च कभर गर्न, जनताको हितमा लगानी गर्न तथा उनीहरूको भविष्य सुधार गर्न प्रयोग गर्नुपर्छ । राष्ट्र सङ्घका अनुसार यो ऋण कहिलेकाहीँ भारी बोझ पनि बन्छ । आज धेरै देश यही बोझको तल दबेका छन् । 

संसारमा सबैभन्दा बढी ऋण लिने देशहरू सामान्यतया गरिब मानिने देश होइनन्। बरु, आज सबैभन्दा धेरै ऋण भएका देशहरूमा पहिले नै विकसित भएका देशहरू नै छन् । उदाहरणका लागि अमेरिका , जापान , चिन , बेलायत सबैभन्दा ठुला ऋणी देशहरूमा अग्रणी छन् । तर आज हामी ठुला ऋणीको होइन विश्वमा सबैभन्दा कम ऋण भएका देशको चर्चा गरिरहेका छौँ । 

मकाउ (चीनको विशेष प्रशासनिक क्षेत्र) – यसलाई पूर्वको लास भेगास पनि भनिन्छ। मकाउको थाप्लाअमा कुनै ऋण छैन । जुवा यहाँ कानुनी छ। यो जुवाबाट सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने देश हो। 

ब्रुनाई– यो जिडिपीको २ दशमलव ३३ प्रतिशत मात्रै ऋण भएको देश हो । यो ठुलो तेल उत्पादक देश हो। 

कुवेत – यो देशमा विश्वको पाँचौँ ठुलो तेल भण्डार छ । यहाँको अर्थतन्त्र मुख्यतः तेलमा निर्भर छ । यहाँको मुद्रा, कुवेती दिनार संसारको सबैभन्दा मूल्यवान् मुद्राहरू मध्ये एक हो । यो देश माथि जिडिपीको ३.१८ प्रतिशत ऋण छ। 

तुर्कमेनिस्तान- यो देश सँग प्राकृतिक ग्यासको भण्डार छ। यो देश कार्पेटका लागि समेत परिचित छ । यो देश पर्यटकीय दृष्टिकोणले पनि निकै लोकप्रिय छ । तुर्कमेनिस्तान माथि जिडिपीको ४.७ प्रतिशत ऋण छ । 

हङकङ ( चीनको विशेष प्रशासनिक क्षेत्र , SAR) – यो विश्वको प्रमुख वित्तीय केन्द्रहरू मध्ये एक हो। हङकङ किनमेलका लागि पनि चिनिन्छ। गगनचुम्बी भवनहरूले भरिएको यो देशमा कुल गार्हस्थ्य उत्पादनको ६.४६ प्रतिशत मात्र ऋण छ ।

प्रतिक्रिया