आइतबार, असोज २७, २०८१

क्रिप्टो अपनाउनेमा भारत सबैभन्दा अगाडि ! 

नेपालखोज २०८१ भदौ २७ गते १६:२५

काठमाडाैं । ब्लक चेनको विश्लेषण गर्ने कम्पनी चेनालिसिसले आफ्नो पछिल्लो प्रतिवेदनमा भारत लगातार दोस्रो वर्ष विश्वमा क्रिप्टोकरेन्सी अपनाउने देशहरूको शीर्ष स्थानमा रहेको बताएको छ भने दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया समग्र संसारमा सबैभन्दा अगाडि भएका क्षेत्र  हुन । 

चेनालिसिस प्रतिवेदनले १५१ देशमा क्रिप्टोकरेन्सी सम्बन्धी नियम र गतिविधिहरूको विश्लेषण गरेको बताएको छ । प्रतिवेदनले जुन २०२३ देखि जुलाई २०२४ सम्म केन्द्रीकृत विनिमय र विकेन्द्रीकृत वित्तीय सम्पत्तिको प्रयोगमा भारत विश्व मै सबैभन्दा अगाडि रहेको देखाउँछ। 

सन् २०२४ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्समा मध्य तथा दक्षिणी एसिया र ओशिनियाका देशहरू अग्रस्थानमा छन्। शीर्ष २० देशमध्ये सात यस क्षेत्रका हुन् । भारत, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, थाइल्याण्ड तथा कम्बोडिया जस्ता देशहरूका केन्द्रीकृत र विकेन्द्रीकृत वित्त प्लेटफर्महरूमा क्रिप्टोकरेन्सीको गतिविधि सर्वाधिक तीव्र  छ । 

नाइजेरिया समग्रमा यो सूचिको दोस्रो स्थानमा छ भने इन्डोनेसिया तेस्रो स्थानमा छ । क्रिप्टोकरेन्सी अपनाउनेमा अमेरिका चौथो स्थानमा छ । भियतनाम, युक्रेन र रुस पनि क्रिप्टो अपनाउने मामिलामा अगाडि छन्। युक्रेन र रुस दुवैले केन्द्रीकृत र खुद्रा गतिविधिहरूमा राम्रो प्रदर्शन गरेका छन्। 

शीर्ष २० का अन्य उल्लेखनीय देश क्रमशः ल्याटिन अमेरिका र मध्य पूर्वको प्रतिनिधित्व गर्ने ब्राजिल र टर्की हुन्। भेनेजुएला, मेक्सिको तथा अर्जेन्टिना जस्ता ल्याटिन अमेरिकी देशहरू पनि यो सूचीमा छन् भने दक्षिण कोरिया र चीन शीर्ष २० मा समावेश भए पनि उनीहरूको खुद्रा गतिविधि कम छ । 

स्रोत : रोयटर्स

प्रतिक्रिया