के रवि लामिछानेलाइ क्लिन चिट दिइएकै हो ?
काठमाडाैं । सहकारि प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने लगायत शिशिर खनाल , स्वर्णिम वाग्ले तथा डोल प्रसाद अर्याल लगायतले हतारिएर आफुले क्लिन चिट पाएको डंका फुके पनि संसदिय समितिको सिफारिस सरकारले अध्ययन गरि कार्वान्वयनमा जान बाँकि नै छ । सरकारले यसमा के कस्तो कारबाहि चलाउँछ महान्यायाधिवक्ताको कार्यालयले छिनोफानो गर्ने कुरा हो ।आफैले आफैलाइ क्लिनचिट दिनु अघि यो तथ्य पनि मनन गरौं – साढे तीन महिना लगाएर समितिले गरेको अनुसन्धानका क्रममा सहकारी संस्थाहरूमार्फत् अनधिकृत रूपमा गोर्खा मिडिया प्रालिमा गएको ५५ करोड रुपैयाँ खर्च गर्ने प्रक्रियामा रवि लामिछानेको “प्रत्यक्ष संलग्नता देखिएको” समितिका सदस्य लेखनाथ दाहालले बीबीसी न्यूज नेपालीलाई जानकारी दिएका छन् ।
“सहकारीबाट पैसा ल्याउने प्रक्रियामा रविजीको प्रत्यक्ष संलग्नता देखिँदैन, तर गोर्खा मिडियाको प्रबन्ध निर्देशक र साझेदारको हैसियतले उक्त मिडियाको खर्च गर्ने प्रक्रियामा उहाँको संलग्नता छ,” समितिको प्रतिवेदनबारे सदस्य दाहालले भनेका छन् ।
रवि लामिछाने पनि संलग्न भएको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा हाल फरार रहेको भनिएका गितेन्द्रबाबु (जीबी) राई संलग्न भएका सात वटामध्ये पाँच सहकारीको रकम अनधिकृत रूपमा ल्याइएको समितिले आफ्नो प्रतिवेदनमा औँल्याएको छ।
“सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू जीबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,” समितिको प्रतिवेदनमा भनिएको छ ।
उक्त कम्पनीमा राईको नाममा ५० प्रतिशत, जोशीको नाममा ३५ प्रतिशत र बाँकी १५ प्रतिशत शेअर लामिछानेको नाममा रहेको समितिको प्रतिवेदनमा उल्लेख छ।
“गोर्खा मिडिया प्रालिमार्फत् भएका आर्थिक गतिविधिमा संलग्न भएको कारण आर्थिक अपचलनको जिम्मा रवि लामिछाने पनि लिनुपर्ने समितिको ठहर छ,” प्रतिवेदनबारे दाहालले बिबिसि नेपालीलाइ भनेका छन् ।
समितिको प्रतिवेदन अनुसार जीबी राईमार्फत् सहकारी संस्थाहरूमा सर्वसाधारणको आठ अर्ब रुपैयाँ अपचलन भएको पाइएको छ।
समितिले रवि लामिछानेले टेलिभिजनको शेयर स्वामित्व लिने प्रक्रियामा पनि कानुनको उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ।
लामिछानेले समितिलाई दिएको बयान तथा प्राप्त प्रमाणका आधारमा पनि उनको कानुनी प्रक्रियामा कमजोरी देखिएको समितिका एक सदस्यले बताएको कुरा बिबिसिले उल्लेख गरेको छ ।
सन्दर्भ सामाग्री : बिबिसि
प्रतिक्रिया