मंगलबार, असोज २९, २०८१

करातेको २०औं संस्करणमा सहभागी हुने नेपाली टोलीको बिदाइ

नेपालखोज २०८१ भदौ ३१ गते १९:३३

काठमाडाैं । एसियाली सिनियर करातेको २०औं संस्करणमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ । हाङझावमा हुने प्रतियोगीतामा सहभागी हुने टोलीलाई सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बिदाइ गरे ।

सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो ।

प्रतियोगीता सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ । यहि प्रतियोगितामा ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दै छ ।

प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसंगै जाने छन् ।

प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया