पर्यावरण कार्यकर्ताहरूको हत्या !
काठमाडाैं । वातावरणका लागि काम गर्ने संस्था ‘ग्लोबल विटनेस’को सन् २०२४ को प्रतिवेदनले वातावरणीय अभियन्ताको हत्या तीव्र गतिमा बढिरहेको देखाएको छ । गत वर्ष १९६ कार्यकर्ताको हत्या भएको थियो ।
गत वर्ष विश्वभर १९६ पर्यावरण रक्षकको हत्या भएको थियो । २०१२ यता कुल २,१०६ वातावरणीय कार्यकर्ता मारिएका छन्।
दक्षिण अमेरिका शीर्षमा
२०२३ मा वातावरणीय कार्यकर्ताहरूको कुल हत्या मध्ये ८५ प्रतिशत दक्षिण अमेरिकामा भएको थियो जसमध्ये ब्राजिल, कोलम्बिया, होन्डुरस तथा मेक्सिको ७० प्रतिशतभन्दा बढी मृत्युका लागि जिम्मेवार थिए।
कोलम्बिया सबैभन्दा खतरनाक
यस मामिलामा कोलम्बिया २०२३ को सबैभन्दा खतरनाक देश साबित भएको छ जहाँ गत वर्ष ७९ जना पर्यावरण रक्षकको हत्या गरिएको थियो। यो विश्वव्यापी कुल हत्याको ४० प्रतिशत हो । कोलम्बियामा सन् २०१२ देखि हालसम्म ४६१ वातावरणीय कार्यकर्ताको हत्या भैसकेको छ ।
आदिवासी जनजाति बढी जोखिममा
२०२३ मा मारिएका मध्ये ४३ प्रतिशत आदिवासी तथा १२ प्रतिशत महिला थिए। यी समूहहरूले चरम हिंसाको सामना गरिरहेका छन्। प्रतिवेदनले महिला वातावरणीय कार्यकर्ताहरूले लैङ्गिक आधारमा बढी खतराको सामना गर्ने गरेको बताएको छ। २०२३ मा एक तिहाइ आक्रमण महिला वा उनीहरूका आफन्तहरू विरुद्ध थिए।
खानी उद्योग
सन् २०२३ मा खानी क्षेत्रमा काम गरिरहेका २५ वातावरणीय कार्यकर्ताको हत्या भएको थियो । ती मध्ये धेरैजसो हत्या दक्षिण अमेरिकामा भएका थिए । गत वर्ष मेक्सिको र होन्डुरसमा १८-१८ जना पर्यावरण रक्षकको हत्या गरिएको थियो। मेक्सिकोले खानी उद्योगसँग सम्बन्धित धेरै आक्रमणहरू देख्यो ।
सबैभन्दा धेरै हत्या हुने १० वटा देशमा कोलम्बिया, ब्राजिल, होन्डुरस, मेक्सिको, फिलिपिन्स र निकारागुआ पछि भारत सातौं स्थानमा छ । गत वर्ष, भारतमा पाँच पर्यावरण रक्षकको हत्या भएको थियो भने २०१२ यता यसको कुल सङ्ख्या ८६ पुगेको छ ।
प्रतिक्रिया