आइतबार, असोज २७, २०८१

संसारबाट हराएका सात देश !

नेपालखोज २०८१ असोज २ गते १७:५५

काठमाडाैं । देशभक्त मानिसले आफ्नो मातृभूमिलाई स्थायी र शाश्वत मान्नु नौलो कुरा होइन । यद्यपि, कहिलेकाहीँ देशको अस्तित्व नै समाप्त हुनु एउटा निर्विवाद तथ्य पनि हो । अर्थात् संसारमा केही त्यस्ता देश पनि छन्, जुन कुनै समयमा प्रख्यात थिए। ती देश नागरिकले भरिपूर्ण हुन्थे, उनीहरूको छुट्टै आफ्नो जीवनशैली र पहिचान थियो । यद्यपि आज ती देशहरू इतिहासको पानामा सीमित छन् । 

कहिलेकाहीँ जब त्यो जमानाका मानिसले सामाजिक सञ्जालमा ती देशका बारेमा केही कुरा शेयर गर्छन्, तब मात्र ती देशको सम्झना आउँछ । 

देशको अस्तित्व किन समाप्त हुन्छ ? 

कुनै पनि राष्ट्र समाप्त हुनुमा विभिन्न कारण हुन्छन् । जस्तै विलय, विघटन , कब्जा आदि । 

विलयको कुरा गर्दा कतिपय देश ठुलाहरूसँग विलय भएर एउटा संयुक्त देश बन्छन् । जस्तै पूर्वी जर्मनी र पश्चिम जर्मनीमा यही कुरा लागू भयो । विघटनको कुरा गर्दा पूर्व सोभियत सङ्घ अर्थात् सोभियत सोशलिस्ट रिपब्लिक सङ्घ १९८० को दशकको अन्त्य र १९९० को सुरुवातमा विभिन्न स–साना देशहरूमा टुक्रियो । जस्तै भारत टुक्रिँदा पाकिस्तान कै अङ्ग मानिएको पूर्वी पाकिस्तान गृहयुद्धका कारण बङ्गलादेश बन्यो । 

त्यस्तै तेस्रो घटनामा केही देशमा कब्जामा परे । जस्तै १८४५ को दशकमा एउटा बढ्दो प्रभावशाली देश संयुक्त राज्य अमेरिकाले नवोदित टेक्सस गणराज्यलाई आफूसँग मिलाएको थियो । यही क्रममा विभिन्न देशले आफ्ना सिमाना जोडिएका देशको भू–भाग जितेर आफ्नो देशमा गाभे । जस्तै भियतनामले चम्पा राज्यलाई आफ्नो राज्यमा गाभेको थियो । 

वर्ल्ड पपुलेशन रिव्यूको एउटा रिपोर्ट अनुसार संसारमा जब–जब युद्ध भयो, तब विभिन्न ठुला परिवर्तनहरू भए । केही राष्ट्र अक्षुण्णमा सीमित भए , केवल नाम परिवर्तन भयो । जस्तै एउटा समयमा सियाम नाम गरेको देश थाईल्याण्डको नामले चिनियो भने सीलोनको अस्तित्व समाप्त हुँदा १९७२ मा श्रीलङ्काका रूपमा त्यसको पुनर्जन्म भयो । 

एक समयमा यी सात देशको अस्तित्व कायम हुनुका साथै उनीहरू प्रख्यात पनि थिए । तर अहिले ती देशहरू छैनन् । अहिले नभएका ती सात देश हुन् – प्रूशिया, रिपब्लिक अफ टेक्सस, यूगोस्लाभिया, चेकोस्लोभाकिया, किङडम अफ हवाई, भर्मानट र ग्रान कोलम्बिया । 

यी सबै देशको अस्तित्व समाप्त भैसकेको छ । यी देशहरूलाई अन्य ठुला देशमा समावेश गरिएको छ । ती देशमा बसोबास गर्ने मानिस अहिले अर्को कुनै देशको नागरिक भएका छन् । यसमा हाम्रा छिमेकी देश तिब्बत र सिक्किम पनि छन् ।

प्रतिक्रिया