सबैभन्दा बढी सन्तान जन्माउने आमा कुन देशका ?
काठमाडाैं । जब हामी विश्वको सबैभन्दा ठुलो जनसङ्ख्याको कुरा गर्छौँ, भारतको नाम पहिलो नम्बरमा आउँछ। यो सूचीमा चीन दोस्रो स्थानमा छ । तर के तपाईँलाई थाहा छ संसारको कुन देशका महिलाले सबैभन्दा बढी बच्चा जन्माउँछन् ?
सबैभन्दा धेरै जनसङ्ख्या भएको देशका महिलाले सबैभन्दा बढी सन्तान जन्माउँछन् भन्ने सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । आउनुहोस्, हामी तपाईँलाई बत्ताउँछौँ विश्वमा महिलाहरूको सबैभन्दा बढी प्रजनन दर भएको देश कुन हो ?
सन् २०२४ मा जारी गरिएको स्ट्याटिस्टाको रिपोर्ट अनुसार अफ्रिकामा करिब ६ वटा यस्ता देश छन् जहाँ महिलाले औसतमा ६ वा सोभन्दा बढी बच्चा जन्माउने गरेका छन् । महिलाले सबैभन्दा बढी बच्चा जन्माउने विश्वका २० वटा देशमध्ये १९ वटा देश अफ्रिका महादेशमा छन्।
सबैभन्दा बढी बच्चा जन्माउने महिला
नाइजरका महिलाहरूले संसारमा सबैभन्दा बढी बच्चा जन्माउँछन्। स्ट्याटिस्टा ( Statista ) को रिपोर्ट अनुसार नाइजरमा प्रत्येक महिलाले औसत ७ वटा बच्चा जन्माउँछन्। यो सङ्ख्या विश्वको कुनै पनि देशको तुलनामा सबैभन्दा बढी हो । सबैभन्दा ठुलो कुरा के हो भने यो देश यति गरिब छ कि यहाँका जनतालाई दुई छाक भोजन जुटाउन पनि गाह्रो छ ।
नाइजर पश्चिम अफ्रिकाको एक भूपरिवेष्ठित देश हो, जसको आधिकारिक नाम नाइजर रिपब्लिक हो। यसको कुल क्षेत्रफल १.२७ मिलियन वर्ग किलोमिटर छ, जसले यसलाई अफ्रिकाको सबैभन्दा ठुलो देश बनाउँछ। नाइजरको सिमानाको कुरा गर्ने हो भने यसले लिबिया, चाड, नाइजेरिया, बेनिन, बुर्किना फासो, माली र अल्जेरिया गरी सातवटा देशलाई छुन्छ । सन् २०२३ को प्रतिवेदन अनुसार नाइजरको जनसङ्ख्या करिब २.५ करोड छ ।
यो सूचीमा अफगानिस्तान पनि
नेपालको छिमेकी राष्ट्र अफगानिस्तान पनि यो सूचीमा छ । शीर्ष २० देशको सूचीमा अफगानिस्तान १५ औँ स्थानमा आउँछ । यहाँका महिलाले औसतमा ४ देखि ५ बच्चा जन्माउने गरेका छन् ।
अफगानिस्तानको जनसङ्ख्या करिब ४ करोड छ, जसमा पश्तून, ताजिक, हजारा र उज्बेकजस्ता समुदायहरू छन्। अफगानिस्तानको प्रजनन दरको कुरा गर्ने हो भने २०२३ मा अफगानिस्तानको कुल प्रजनन दर प्रति महिला ४.५५ बच्चा थियो । कम शिक्षा दर, महिला सशक्तिकरणको अभाव तथा परम्परागत पारिवारिक संरचनाका कारण यहाँको प्रजनन दर उच्च भएको बताइन्छ ।
प्रतिक्रिया