आइतबार, असोज २७, २०८१

सहज ढङ्गले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

नेपालखोज २०८१ असोज ३ गते २०:५०

काठमाडौं । कबाड व्यवसायी समाजले सहज र सरल ढङ्गले व्यवसाय सञ्चालनका लागि सहयोग गर्न काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज बृहत् भेलागरी महानगरका नगरप्रमुख बालेन शाहको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष रामकेवल गुप्ताले जानकारी दिए ।

उनले प्रचलित कानुनबमोजिम दर्ता नवीकरण गराउन चाहेका कबाड व्यवसायलाई दर्ता नवीकरण गराउन माग गरे । महानगरका वडा कार्यालयले कबाड व्यवसायको दर्ता नवीकरण नगरेको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानगरले कबाडी व्यवसायमा दर्ता गर्न रोक लगाएको उनले दाबी गरे । भेलामा आम आदमी पार्टीका अध्यक्ष प्रमुख साहलगायत नेताहरुको पनि उपस्थिति थियो ।

कबाड व्यवसायमा आबद्ध व्यक्तिलाई बेरोजगार बनाइरहेको छ र पेसा व्यवसाय गर्न पाउने हकको हनन गरेको, स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गर्न पाउने हकको सुनिश्चित हुनुपर्ने माग समाजले गरेको छ ।

प्रतिक्रिया