मंगलबार, असोज २९, २०८१

बैंकहरुले किन बढाए रियलस्टेट क्षेत्रमा कर्जा ? ५४ वटा संस्थाको कुल रियलस्टेट कर्जा दुई खर्ब ६० अर्ब

नेपालखोज २०८१ असोज ४ गते १३:०९

काठमाडाैं । बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार चालु आवको पहिलो एक महिनामा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ६० अर्ब ७२ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार यो कर्जा गत आवको सोही अवधिको तुलनामा २० अर्ब ६० करोड ३० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कुल दुई खर्ब ४० अर्ब १२ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।

बाँणिज्य बैंकहरुले मात्र भने चालु आवको पहिलो एक महिनासम्ममा रियलस्टेट क्षेत्रमा कुल दुई खर्ब २४ अर्ब ५३ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १६ अर्ब छ करोड ५० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब आठ अर्ब ४७ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । बिकास बैंकहरुको भने चालु आवको पहिलो एक महिनामा रियस्लेट क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम २५ अर्ब ८० करोड ९० लाख रुपैंयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यो कर्जा रकम गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ७६ करोड १० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैकहरुको यस्तो कर्जा रकम २२ अर्ब चार करोड ८० लाख रुपैंयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने चालु आवको पहिलो एक महिनासम्ममा रियलस्टेट क्षेत्रमा मात्र कुल १० अर्ब २८ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ६८ करोड ६० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुको यस्तो कर्जा रकम नौं अर्ब ६० करोड १० लाख रुपैंयाँ रहेको थियो ।

बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा प्रवाह गरेको कर्जा (रकम रु १० लाखमा)

बिवरणचालु आवको साउन मसान्तगत आवको साउन मसान्तफरक
बाँणिज्य बैंक२२४५३७२०८४७२१६०६५
बिकास बैंक२५८०९२२०४८३७६१
फाईनान्स१०२८७९६०१६८६
कुल२६०७२३२४०१२०२०६०३
(श्रोतः नेपाल राष्ट्र बैंक)

प्रतिक्रिया