साफ यू–१७ : नेपाल र पाकिस्तान भिड्दै
नेपालखोज
२०८१ असोज ५ गते ८:४४
काठमाडाैं । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो ।
नेपालको समूहमा घरेलुटोली भुटानसँगै पाकिस्तान र श्रीलंका पनि रहेका छन् । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १-० गोलको जीत दर्ता गरेको थियो ।
दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जीत पक्का गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया