मानव शरीरमा खाद्य प्याकेजिङका रसायन !
काठमाडाैं । हालै गरिएको एक अध्ययन अनुसार खानाको प्याकेजिङ वा तयारीमा प्रयोग हुने ३ हजार ६ सयभन्दा बढी रसायन मानव शरीरमा पुगेको छ । यीमध्ये केही स्वास्थ्यका लागि हानिकारक हुन्छन् भने कतिपय रसायनका बारेमा खासै जानकारि उपलब्ध छैन् ।
जर्नल अफ एक्सपोजर साइन्स एन्ड इन्भाइरोन्मेन्टल एपिडेमियोलोजीमा प्रकाशित यो अध्ययनका प्रमुख अनुसन्धानकर्ता बिर्गिट ग्युकेले मानव शरीरमा पाइने ३,६०० रसायनमध्ये करिब १०० वटालाई “मानव स्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय” मानिएको बताएको छ । बिर्गिट ग्युके (Birgit Geuke ) ज्यूरिखमा आधारित फूड प्याकेजिङ फोरम फाउन्डेसन नामक गैर-सरकारी संस्थासँग सम्बन्धित छ।
उनीहरुको अध्ययन अनुसार मानव शरीरमा पाइने केही रसायनमाथि व्यापक अनुसन्धान भइसकेको छ र यसअघि पनि मानव शरीरमा पीएफएएस तथा बिस्फेनोल एजस्ता रसायन पाइएका छन् जसलाई घातक मानिएको छ र दुवै रसायनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको छ ।
अन्य रसायनले स्वास्थ्यमा पार्ने असरका बारेमा कमै थाहा भएको ग्युकेले बताएको छ । प्याकेजिङ्गमा प्रयोग हुने केमिकल खानासँगै शरीरमा कसरी पुग्छ भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको बताइन्छ ।
एएफपी
प्रतिक्रिया