यी हुन् विश्वका सबैभन्दा विध्वंसक ट्याङ्क !
M1A2 अब्राम ट्याङ्क (युएस)
अमेरिकी सेनाको M1A2 अब्राम ट्यांकलाई विश्वको सबैभन्दा शक्तिशाली ट्याङ्क मानिन्छ । बलियो आर्मर, उच्च गतिशीलता र उन्नत फायरपावरले यसलाई युद्धको मैदानमा खतरनाक हतियार बनाउँछ ।
T-14 आर्मटा ट्याङ्क (रूस)
T-14 Armata ट्याङ्क संसारको सबैभन्दा शक्तिशाली ट्याङ्क मध्ये एक मानिन्छ। यो रुसी ट्याङ्की आर्टिफिसियल इन्टेलिजेन्सले सुसज्जित छ र यो आफैं सञ्चालीत हुनसक्छ ।
K2 ब्ल्याक प्यान्थर ट्याङ्क (दक्षिण कोरिया)
दक्षिण कोरियाको K2 ब्ल्याक प्यान्थर ट्याङ्क आधुनिक प्रविधि तथा उच्च गतिशीलताका लागि परिचित छ। यो ट्याङ्क एसियाकै अत्याधुनिक ट्यांकमध्ये एक हो । यसले प्रति मिनेट १० देखि १५ राउण्ड फायर गर्ने क्षमता राख्छ ।
ल्यापर्ड ट्याङ्क – २ (जर्मनी)
जर्मनीको तेस्रो पुस्ताको सबैभन्दा शक्तिशाली Leopard-2 ट्याङ्क ७० किलोमिटरको गतिमा कुदन सक्छ । यसले जर्मन सेनाको मुख्य युद्ध ट्याङ्क लियोपार्ड-१ लाई प्रतिस्थापन गरेको छ।
च्यालेन्जर – २ ट्याङ्क (युके)
युनाइटेड किंगडमको च्यालेन्जर – ३ ट्याङ्क यसको बलियो आर्मर र उच्च फायर पावरका लागि परिचित छ। यसमा १२० एफएम राइफल बन्दुक छ र यसले लामो दूरीमा फायर गर्न सक्छ।
मर्कभा मार्क IV ट्याङ्क (इजरायल)
इजरायलको मर्काभा मार्क IV ट्यांकलाई संसारको सबैभन्दा सुरक्षित ट्याङ्क मध्ये एक मानिन्छ। यसमा १२० एमएमको स्मूथबोर गनका साथै लाहट एन्टी मर्कवा मार्क IV गाइडेड मिसाइल जडान गरिएको छ ।
लेक्लर्क ट्याङ्क (फ्रान्स)
फ्रान्सको तेस्रो पुस्ताको लेक्लेर्क ट्याङ्क १२० एफएम स्मूथबोर बन्दुकका साथै १२.७ एफएम र ७.६२ एफएम मेसिन गनले सुसज्जित छ। फ्रान्सेली सेना बाहेक यो युएई (UAE )सेना द्वारा पनि प्रयोग गरिन्छ।
प्रतिक्रिया