बिहीबार, कार्तिक २२, २०८१

आजको विदेशी मुद्राको विनिमय दर

नेपालखोज २०८१ असोज ७ गते ७:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी डलरसहित विभिन्न पाँच देशका मुद्राको विनिमय दर आइतबारको तुलनामा स्थिर छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रुपियाँ र बिक्री दर १३४.०१ रुपियाँ रहेको छ । अघिल्लो कारोबार दिनमा पनि सोही दर कायम थियो ।

त्यस्तै, हिजो अस्ट्रेलियन डलर १ बराबर खरिद दर ९०.७८ रुपियाँ र बिक्री दर ९१.१९ रुपियाँ निर्धारण गरिएकामा आज भने खरिद ९०.८१ रुपियाँ र बिक्री ९१.२१ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरसहित सोमबार साउदी र कतारी रियाल, यूएई दिराम तथा मलेसियन रिंगिटको सटही दर आइतबारको तुलनामा स्थिर रहेको छ ।

प्रतिक्रिया