मंगलबार, कार्तिक २७, २०८१

चीनमा माइक्रो फिल्मको धमाका !

नेपालखोज २०८१ असोज ८ गते १६:३०

काठमाडाैं । हिजोआज चीनमा माइक्रो फिल्महरू बनिरहेका छन् जुन निकै लोकप्रिय छन्। चिनको माइक्रो फिल्म उद्योग ५ बिलियन डलरको छ र यो द्रुत गतिमा बढिरहेको छ। 

के हो माइक्रो फिल्म ? 

चीनमा बनाइने माइक्रो फिल्म भनेको एउटा शृङ्खला हो जुन सामान्यतया एक मिनेट छोटो एपिसोडमा तयार गरिन्छ। यसको कथामा बारम्बार रोमाञ्चक मोड आउँछ र त्यसले दर्शकहरूलाई बाँधेर राख्छ । 

प्रमुख प्लेटफार्म र कम्पनीहरू 

बाइटडान्स (Douyin) तथा कुआइशौ (Kuaishou) जस्ता ठुला कम्पनी यी छोटा भिडियोको निर्माणमा संलग्न छन्। 

बदला र सङ्घर्षको कथा 

यी शृङ्खलाहरूको विषयवस्तु प्रायः परिवर्तन र गरिबीबाट धनधान्य सम्मको यात्रा हो, जसले चीनको आर्थिक चुनौती बिच मानिसहरूको मन छुन्छ । 

कुआइशौमा लाखौं दर्शक 

कुआइशौ एपमा दैनिक ९४ मिलियन मानिसले यी माइक्रो ड्रामा हेर्छन्। चिनियाँ माइक्रो ड्रामा एपहरू २०२४ मा अन्तर्राष्ट्रिय रूपमा ३० अर्ब पटक डाउनलोड भएका छन्। 

अमेरिकी बजारमा सफलता 

अमेरिकी बजारमा पनि अहिले माइक्रो ड्रामा  लोकप्रिय हुँदै गएको छ । यसको उदाहरण रीलशर्ट जस्ता प्लेटफर्महरूले एप स्टोरमा नेटफ्लिक्सलाई पछाडि छोड्नु पनि हो । 

सरकारी हस्तक्षेप 

यी भिडियोहरू यति प्रभावशाली साबित भएका छन् कि यसमा सरकारले समेत हस्तक्षेप गर्नु परेको छ। चिनियाँ सरकारले “अश्लील” र “लो-ग्रेड” सामग्री भन्दै २५,३०० माइक्रो-ड्रामा एपबाटै हटाइसकेको छ । 

कम बजेट 

परम्परागत चलचित्रको तुलनामा माइक्रो ड्रामा निर्माणको लागत निकै कम हुन्छ । यिनको बजेट २८ हजार डलर देखि २ लाख ८० हजार डलर अर्थात् करिब ४० लाख देखि सवा ३ करोड नेपाली रुपैयाँ बिच रहन्छ । 

कलाकारहरूको बढ्दो आम्दानी 

माइक्रो ड्रामामा ठुला कलाकारहरूले दैनिक ५६० डलर अर्थात् झन्डै ७५ हजार रुपैयाँसम्म कमाउन सक्छन् भने साना कलाकारले १७ डलर अर्थात् दैनिक साढे २२ सय रुपैयाँसम्म कमाउँछन् । 

स्रोतले : रोयटर्स

प्रतिक्रिया