छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ बजनि चोकस्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने बस्ने ६५ वर्षीया रत्न कुमारी सुबेदीको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कारपियो र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरीको बाराको निजगढ नगरपालिका–१२ स्थित सडकमा प्र.२–०३–००६ प २७८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ बस्ने २५ वर्षीय सुरेन्द्र घलानको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ हुँदै थप उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगंज पर्सा पठाइएको छ ।
चितवनको राप्ती नगरपालिका–४ मार्तलपूलस्थित सडकमा ना.११ प ८४८० नम्बरको मोटरसाइकल र बा.प्र.०६–००२ प ९६०५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक राप्ती नगरपालिका–४ बस्ने ५५ वर्षीय निल बहादुर उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यसैगरी चितवनको रत्ननगर नगरपालिका–९ स्थित सडकमा रा.१ ख ३०४८ नम्बरको ट्रक र ना.३८ प ११९१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका–५ बस्ने ३४ वर्षीय राजन न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरस्थित सडकमा बा.८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–५ मनिकापुर बस्ने १७ वर्षीय सागर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उदयपुरको कटारी नगरपालिका–७ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–१ बस्ने ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेट सहित बारा फेटा गाउँपालिका–४ बस्ने २१ वर्षीय सुनिल कुमार मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बारा कलैयादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ८१०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका–६ शरणमतीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका–५ पन्थपाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–११ शिवजी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–११ बस्ने ३७ वर्षीय बादल गुरुङ र सोही उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय रोहित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यायल धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहाको मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका–११ सितापुर टोल बस्ने ४३ वर्षीय संजय यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँ बस्ने २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका–१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको लु.१ ख ८९८४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
भरूवा बन्दुक सहित पक्राउ
चौकुने गाउँपालिका–६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मानबहादुरको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् ।
मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
रोल्पाको त्रिबेणी गाउँपालिका–५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका–४ बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो । बाजुराको बुढिगंगा नगरपालिका–४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया