२०२४ का सबैभन्दा महँगा देश कुन ?

नाम्बियोस संस्थाको जीवनयापनको लागत सूचकाङ्कका अनुसार विश्वका महँगो देशको सूचीमा यो वर्ष नेपाल निकै तल छ ।
हेरौँ संसारमा कहाँको बसाई सबैभन्दा महँगो छ ?
सबैभन्दा महँगो स्विट्जरल्याण्ड
सूचकांकअनुसार स्विट्जरल्याण्ड विश्वको सबैभन्दा महँगो देश हो । यद्यपि यो न्यूयोर्कको तुलनामा लगभग २५ प्रतिशत सस्तो छ । यो मुद्रास्फीतिको कारण उच्च आयकर पनि हो ।
नम्बर – २ सिंगापुर
विश्वका महँगो देशको सूचीको दोस्रो स्थानमा सिंगापुर छ । अत्यधिक भाडा यसको प्रमुख कारण हो । यो टापुमा ठाउँ सीमित छ र घरको माग उच्च छ, त्यसैले पनि घर भाडा निकै महँगो छ ।
नम्बर – ३ हङकङ
हङकङ यो सूचीको तेस्रो स्थानमा छ । यहाँ पनि जनसङ्ख्या घनत्व धेरै छ तर ठाउँ सीमित छ, त्यसैले घर भाडा धेरै छ ।
नम्बर – ४ आइसल्यान्ड
आइसल्यान्डमा भाडा तुलनात्मक रूपमा कम छ तर स्रोतहरू सीमित छन् र यहाँ सबै जसो चीज आयात गरिन्छ ।
नम्बर – ५ बहामास
भाडा र अन्य सामानको मूल्य अनुसार क्यारेबियन टापु बहामास पाँचौँ स्थानमा छ ।
नम्बर – ६ अमेरिका
संयुक्त राज्य अमेरिकाका अन्य भागहरूको तुलनामा केही सहरमा मुद्रास्फीति उच्च छ । यद्यपि अमेरिका औसतमा विश्वको छैटौँ स्थानमा छ ।
कहाँ छ नेपाल ?
नेपाल चीन र श्रीलङ्काभन्दा केही महँगो छ । यो सूचीको पुछारमा अर्थात् सबैभन्दा सस्तो मुलुकमा पाकिस्तान छ । भारतमा जीवनयापनको लागत र भाडा अनुसार उ विश्वमा ११७ औँ स्थानमा छ जुन नेपालको तुलनामा सस्तो मुलुक हो ।
प्रतिक्रिया