बाढी-पहिरोको बिनास
आज दिनभर कहाँ के – के भयो ?
– मख्खुबेशीबाट पाँच जनालाइ उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो ।
– पहिरोले दोलखामा २ सैनिकसहित ७ जना बेपत्ता, किर्नेटारबाट स्थानीयलाई सारियो ।
– सरकारलाई देउवाको ध्यानाकर्षण-उद्धार र राहतमा ढिलाइ नहोस् ।
– बागमती नदीको बाँध फुट्यो, बस्ती छाड्दै बासिन्दा ।
– देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ।
– काठमाडौँ उपत्यकामा ११७ प्रहरीद्वारा ३८० जनाको उद्धार ।
– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की द्वारा कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण ।
-बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ५१ जना बेपत्ता ।
– राष्ट्रपति रामचन्द्र पौडेल द्वारा लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त ।
– १४ स्थानमा नदीको जलसतह खतराको तहमाथि ।
– काठमाडौँमा विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध । तामाकोशी नदीले खिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नम्बरको टावर बगायो ।
– ललितपुरको हात्तीवनमा सडक भासिएको छ ।
– भक्तपुरको पलासेमा पहिरोमा परेर ३ जनाको मृत्यु ।
– काठमाडौँको नागार्जुनमा घर भत्किँदा १ जनाको मृत्यु, ३ पुरिए ।
– देशभरका ४४ सडकखण्डमध्ये पाँच वटा मात्र पूर्ण रुपमा सञ्चालनमा ।
– ललितपुरमा चार जनाको उद्धार ।
– महोत्तरीका २४ गाउँ बाढीको उच्च जोखिममा ।
– सनराइज अपार्टमेन्ट र मेडिसिटी अस्पताल आसपास बाढीको असर ।
– कार्यालयमा बाढी पसेपछि एपीवान एचडी टेलिभिजन प्रसारण बन्द ।
– नागढुंगा सडकखण्ड आइतबार बिहान ५ बजेसम्म बन्द ।
– काठमाडौं, ललितपुर र भक्तपुरमा २३ जनाको मृत्यु ।
– देशभर ३७ राजमार्ग अवरूद्ध ।
– त्रिशूली नदीको बाढीले बगायो झोलुङ्गे पुल ।
-कार्यवाहक प्रधानमन्त्री प्रकाशमानले सिंहदरबारमा बोलाए आकस्मिक बैठक
– मन्थली विमानस्थलको धावनमार्गमा पस्यो तामाकोशीको बाढी ।
– नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा पार्टीका सबै नेता कार्यकर्तालाई पार्टीको कार्यक्रमहरु रोकेर उद्धारमा खटिन आग्रह ।
– भिषण वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगायो ।
– पाँचथरमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, ४ जना बेपत्ता ।
– ठूलो जनधनको क्षति भएको छ, जोखिममा रहेकाको उद्धारमा संवेदनशील भएर लागेका छौं- गृहमन्त्री लेखक
– मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा परि एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोमा पुरिए ।
– अविरल वर्षाका कारण चन्द्रागिरी नगरपालिका वडा नंम्बर – २ मसिनेमा आएको पहिरोमा परी दुई जनाको मृत्यु ।
– जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए ।
– डुबानमा परेका क्षेत्रबाट धमाधम उद्धार गरिँदै ।
– पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध ।
– मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन ।
– उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई सभापति देउवाको निर्देशन ।
– हिजोदेखि रोकिएको आन्तरिक उडान साँझसम्मका लागि खुल्यो ।
– जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन ।
– सिन्धुलीको दुम्जास्थित कुशेश्वर गुरुकुलका ३ शिक्षक, पुजारीसहित २८ जना विद्यार्थी सुनकोशी र रोशी खोलामा आएको बाढीको घेराउमा ।
– पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना ९हेडवर्क्स० मा क्षति ।
– सिन्धुलीको दुम्जामा बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार ।
– ललितपुरको इलाका प्रहरी कार्यालय टुंगुनको गाडी, मोटरसाइकल र एउटा स्कुटर बाढीले बगायो ।
– काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार ।
– उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई प्रभु साहको आग्रह ।
– झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा बढी घर परिवार विस्थापित ।
-अमेरिकामा भएका प्रधानमन्त्री ओलीले फेसबुकमार्फत म्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउन निर्देशन दिए।
– महोत्तरीको गौशाला नगरपालिका वडा नम्ब ८ स्थित सोनी नदीमा आएको बाढीले दुई जना बालबालिकालाई बगाएको छ ।
– माथिल्लो मनाङमा हिमपात ।
– बकैयाको तटबन्ध बाढीले भत्कायो, लमाहा खोलाको पानी सदरमुकामतिर ।
– कोशी ब्यारेजमा ५ लाख क्युसेक पानी, रातो झण्डा देखाइयो ।
– बागमती नदीमा आएको बाढीले बल्खुको सुकुम्वासी बस्ती डुबानमा , मानिसहरुको उद्धार जारि ।
– मोरङमा ९४ परिवार विस्थापित ।
– महाङ्कालमा प्रहरी चौकी बग्यो ।
– आज मध्याह्नपछि मौसममा सुधार हुँदै जाने
– मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ।
– काठमाडौँको नागार्जुनमा घर भत्किँदा १ जनाको मृत्यु, ३ पुरिए ।
– देशभर सञ्चालित २६९ स्वचालित केन्द्रमध्ये १०१ केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा ।
– नागढुंगाको नाग मन्दिरमा पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध ।
– अबिरल झरीका कारण कतिपय ठाउँमा किसानलाई धान भित्र्याउन समस्या ।
– पहिरोले भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक बन्द ।
– कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए स् नदीको भेल उदयपुर र सुनसरीमा पस्ने जोखिम १
– बाढी पस्योः त्रिपालको व्यवस्था गरिदिन स्थानीयको आग्रह ।
– च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा ।
– चन्द्रागिरी नगरपालिका वडा नं। २ मसिनेमा आएको पहिरोमा परी दुई जनाको मृत्यु ।
– उद्धारका लागि काठमाडौंमा नगर प्रहरीका १७ टोली परिचालन ।
– अमेरिकाबाट प्रधानमन्त्रीको आग्रह – विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं ।
।
– मकवानपुर(ललितपुर जोड्ने बागमती पुलको आधा भाग बगायो ।
– रोशी र सुनकोशीका तटीय क्षेत्रमा तबाही ।
– दसैँको अग्रिम टिकट बुकिङ खुला स् कोही रुझेर, कोही छाता ओढेर टिकट काट्दै ।
– ललितपुरबाट २८१ जनाको उद्धार, ९ जनाको शव फेला ।
-कोशी पहाडका धेरै सडकमा पहिरो, यातायात अवरूद्ध ।
– सप्तकोशीमा पानीको वहाब उच्च, खोलियो ५६ वटै ढोका ।
– कालिमाटीको प्रहरी वृत्त डुबानमा ।
– सप्तकोशीको ठाकुरबासा भन्ने स्थान छेउको टापुमा ३० जना फसे।
– नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, सतर्कता अपनाउनु होस् । कार्यवाहक प्रधानमन्त्री सिंह
– इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।
– अविरल वर्षाको कारण आन्तरिक उडान बन्द ।
-जलसतह बढेपछि काठमाडौंको नदी करिडोरका सडक बन्द
- बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार ।
– बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध ।
– सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार ।
– बस्तीमा पस्यो नारायणी ।
– पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, मुग्लिङ–नारायणगढमा सडक भासियो ।
– दसैंसम्मै वर्षाको जोग ।
– चोभारमा ठुलो बाढी ।
– बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु ।
– अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध ।
– अविरल बर्षा पछि राप्ती नदिमा आएको बाढीका कारण सौराहा डुबानमा उद्वारको पर्खाईमा पर्यटक ।
– अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित ।
– राहत तथा उद्धारमा खटिन गृहमन्त्रीको निर्देशन ।
– रौतहटको बागमती र बकैया नदीमा बाढी, ६ पालिका रेड जोनमा ।
– कुसुन्तीमा बाढीको कारण ५० जना अलपत्र, ५ जनाको उद्धार ।
– कुलेश्वर क्षेत्रको डुबानमा फसेकाहरूको उद्धार गरिँदै ।
– पृथ्वी राजमार्गको मौवा र डाँगीखोलामा दुईतर्फी सडक अवरुद्ध ।
– घट्न थाल्यो कुलेखानीको जलसतह ।
– गण्डकीका मुख्य सडकहरू पहिरोले अवरुद्ध ।
-( युएन पार्कको झोलुङ्गे पुल बागमतीले बगायो ।
– पहिरोले हेटौँडा र काठमाडौँ जोड्ने सबै सडक ठप्प ।
-रोशीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड ।
-खुर्कोट बजारस्थित सशस्त्रको बेसबाट हतियार सारियो ।
– थापाथली स्थित सुकुम्बासी बस्ती पूर्णरूपमा बगायो, रेस्क्यु टिम परिचालित ।
-अविरल वर्षाका कारण काठमाडौँका विभिन्न स्थानमा बाढीको वितण्डा ।
– मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध ।
– पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु ।
– निरन्तर वर्षाका कारण धोबीखोला आसपासका बस्तीहरूमा पानी पस्यो ।
– च्यासलमा ग्यास चुहिँदै गरेको अवस्थामा बुलेट बाढीले बगायो ।
– पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार ।
– त्रिशूलीमा एक्साभेटर र टिप्पर बग्यो ।
– भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी
।
– मेडिसिटी अस्पतालको इमर्जेन्सी कक्ष डुबान, रेस्क्यू बोट पल्टिँदा उद्धारकर्ता प्रहरी नै बगे ।
– काठमाडौंको कलङ्की डुबानमा ।
-मनोहरा र हनुमन्ते पस्यो बस्तीमा, लाग्यो उठिबास ।
– तराई तथा समथर भूभागमा डुबानको उत्तिकै समस्या र जोखिम , खासगरी पहाड क्षेत्रतिर पहिरोको भय ।
-१७ वटा नदीमा सतर्कता तह पार ।
– भक्तपुर राधे राधे क्षेत्र डुबानमा ।
– ललितपुरमा पहिरो स् तीन जनाको मृत्यु
– खुर्कोट बजार क्षेत्रमा सुनकोशीको बहाव पस्यो, मानिस र बन्दोवस्तीका सामान सारिँदै ।
– ३६ घण्टायता परेको पानी अझै नरोकिने, ६ प्रदेशमा भारी वर्षा ।
– बुटवल पाल्पा सडक अवरुद्ध ।
– बागमती नदीले खतराको तह पार गर्यो, सतर्कता अपनाउन आग्रह
– पहिरोमा पुरिएर धादिङमा २ जना वेपत्ता ।
– कुसुन्तीमा बाढीको कारण ५० जना अलपत्र, ५ जनाको उद्धार ।
– हेटौंडा-काठमाडौंको सबै सडक अवरुद्ध ।
– बिपी राजमार्गको पहिरोले नार्केको बजारै बगायो ।
– नख्खु खोलाले हेर्दाहेर्दै चार जना बगायो ।
– कीर्तिपुरस्थित सिभिल होम्समा पहिरो ।
– बल्खु क्षेत्र पूरै डुबानमा परेपछि नेपाल प्रहरी र सशस्त्र बलको टोली उद्धारमा खटियो ।
– नारायणी नदीको बाढीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा ।
– ललितपुरको मेडिसिटी अस्पताल लगायतका क्षेत्रमा बाढी पस्यो ।
– बाढीले बगायो काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल ।
– काभ्रेको बनेपा पुल बजार डुबानमा ।
– काभ्रेमा दुईको मृत्य , ९ जना बेपत्ता ।
– अरनिको र बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध ।
– लगातारको अविरल वर्षाले कोसी प्रदेशको जन जीवन अस्तव्यस्त ।
-बाढीले झापामा दुई जनालाई बगायो, मोरङमा ९४ परिवार विस्थापित ।
– लगातार अति भारी वर्षाको वितण्डाः काठमाडौंका घर डुबे, सडकमा पानी
– लुम्बिनीका सबै पहाडी जिल्लाका सडक अवरुद्ध, निरन्तरको झरीले तत्काल खुलाउन नसकिने प्रहरीको भनाइ ।
– सिन्धुपाल्चोकको लिसंखु पाखरमा पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्षका दम्पतीको मृत्यु ।
-ड्याम भरिएसँगै ३१ वर्षपछि खोलियो कुलेखानीको ढोका
– नारायणगढ-मुग्लिन सडकमा ९ ठाउँमा पहिरो, सडक पूर्ण अवरुद्ध ।
– पर्खाल भत्किएपछि ललितपुरको किस्ट अस्पतालमा बाढी पस्यो
– बागमती, गण्डकी र लुम्बिनीमा अति भारी वर्षा निरन्तर हुने ।
– लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता ।
– प्रतिकुल मौसमका कारण आज पनि हवाई उडान प्रभावित ।
– गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक ।
– धादिङबेसी-मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प ।
– कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह ।
– नारायणी नदीमा आएको बाढीले देवघाटधामस्थल जलमग्न ।
-संयमित र एकताबद्ध भई
-उद्धारमा जुट्न कार्यवाहक प्रधानमन्त्रीको आग्रह ।
– लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क ।
– पहिरोको विपत्ति, ९ जनाको मृत्यु ।
– धनकुटामा पाँच जनाको मृत्यु, ८ जना बेपत्ता
– जलसतह, तटीय क्षेत्रमा सतर्क रहन आग्रह ।
-चोभारको सुख्खा बन्दरगाह र जलविनायक मन्दिरमा बाढी ।
– पहिरोका कारण दाङ माथिका पहाडी जिल्लाहरूको यातायात ठप्प ।
-च्यासलस्थित एमाले पार्टी कार्यालयमा बाढी पस्यो ।
– ९ किलोमा दुई फिट भासियो सडक, यातायात अवरूद्ध ।
– लगातारको वर्षाले उर्लियो बागमती ।
प्रतिक्रिया