नेपाल बैंकको उत्कृष्ट कर्जा योजनाहरू बजारमा
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून ब्याजदर सात दशमलव ७० मा ने.बै.लि. सर्वसुलभ आवास कर्जा ल्याएको छ । ने.बै.लि. सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद ) र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । बैंकले पाँच वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकी सेवा शुल्कमा अधिकतम ३३ दशमलव ३३ प्रतिशतसम्म छुट प्रदान गरी पाँच लाखदेखि अधिकतम दुई करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।
यसका अतिरिक्त बैंकले समृद्ध व्यवसाय कर्जा, ने.बै.लि.अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ । कर्जा सीमा १० करोडसम्म रहेको बैंकले.समृद्ध व्यवसाय कर्जाको ब्याजदर आठ दशमलव २८ प्रतिशत रहेको छ भने व्यावसायिक ग्राहकहरूले चालुपूँजी तथा स्थिर पुँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । त्यसै गरी नयाँ गाडी खरिदको लागि पाँच र सात वर्ष भुक्तानी अवधि राखी बैंकले प्रवाह गर्ने बैंकले अटो कर्जाको ब्याजदर हाल सात दशमलव ७८ प्रतिशत रहेको छ ।
हाल नेपालभर दुई सय २९ वटा शाखा, ६० एक्स्टेन्सन काउन्टर र दुई सय पाँच वटा एटिएम काउन्टरबाट सेवा सञ्चालन गरिरहेको यस बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैँ कटिबद्ध रहेको छ ।
प्रतिक्रिया