भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

नेपालखोज २०८१ असोज २४ गते ५:५८

काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको हाे । उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए ।

उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए । उनको ८६ वर्षको उमेरमा निधन भएको हो । टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।

प्रतिक्रिया