रूसी आक्रमणबाट सात जनाको मृत्यु, १० घाइते

किएभ, युक्रेन । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
पनामाका गभर्नर ओलेग किपरका अनुसार बुधबार पनामाको झण्डा फहराइरहेको एउटा कन्टेनर जहाजमा आक्रमण भएको थियो । किपरले बिहीबार सामाजिक सञ्जालमा लखेका छन्, दुर्भाग्यवश, हिजो रूसबाट भएको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । ‘आज बिहान बन्दरगाहमा काम गर्ने ४६ वर्षीय एक कामदारको अस्पतालमा मृत्यु भएको छ। चिकित्सकहरूले सक्दो प्रयास गरे पनि उनको चोट निकै गम्भीर भएकाले घाइते श्रमिकलाई बचाउन सकिएन,’ उनले भने ।
किपरले यसअघि ब्ल्याक सी बन्दरगाह शहरमा विगत चार दिनमा नागरिक जहाजमा भएको यो तेस्रो आक्रमण भएको बताएका थिए । युद्ध अवधिभर रुसले युक्रेनको तटीय ओडेसा क्षेत्रलाई निशाना बनाएको छ र डुङ्गा र अन्न बोक्ने जहाजमा प्रहार गरेको छ जसलाई किएभले निर्यात क्षमता नष्ट गर्ने अवैध प्रयास भएको बताएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यातक मुलुकमध्ये एक थियो, तर यसको बन्दरगाह र भण्डारण सुविधाहरूमा पटक–पटकको आक्रमणले यसको उत्पादनमा गम्भीर कटौती गरेको छ ।
ओडेसा बन्दरगाहमा रूसी क्षेप्यास्त्रले पलाउ ध्वजाबाहक जहाजलाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु भएको दुई दिनपछि उक्त आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । रासस\एएफपी

प्रतिक्रिया