च्याङ्लीमा युवतीको हत्या
नेपालखोज
२०८१ असोज २४ गते १८:५२

गोरखा । गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते हुनुभएकी उहाँको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताए । मृतक कुमालको दाहिने गर्धन, बाँयातर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।
हत्या कसले गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणपछि अन्त्येष्टिका लागि आजै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया