यसरी घटाइरहेकाछौं हामी आफ्नो जीवन
काठमाडाैं । दीर्घायु होस्, सय वर्ष बाँचून्, भगवानले सुस्वास्थ दिऊन् – यस्ता आशीर्वाद दशैंमा खुब दिईन्छ । तर हामी आफैं यस्ता काम गर्छौं जसले हाम्रो जीवनबाट केही घण्टा , दिन वा वर्ष घटाउँछ ।
टिभी
ब्रिटिस जर्नल अफ स्पोर्ट्स एण्ड मेडिसिनमा प्रकाशित रिपोर्ट अनुसार टिभीको हरेक घण्टाले हाम्रो जीवनबाट २२ मिनेट घटाउँदैछ । यसको अर्थ यदि हामीले दैनिक औसत छ घण्टा टिभी हेर्यौं भने हाम्रो जीवनबाट पाँच वर्ष गुम्न सक्छ ।
बसिरहनु
के तपाई धेरै घण्टा अफिसको कुर्सीमा बस्नु हुन्छ ? जामा इन्टरनल मेडिसिनको अनुसन्धानले देखाउँछ – यसरि दिनमा एघार घण्टा बस्दा मृत्युको जोखिम ४० प्रतिशतले बढ्छ। त्यसैले कामको बीच – बीचमा ब्रेक लिनुहोस् र सम्भव भए केही समय उभिएरै काम गर्नुहोस्।
सेक्स
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टले महिनामा कम्तिमा एक पटक पनि यौनसम्पर्क नगर्ने पुरुषमा हप्तामा एक पटक यौनसम्पर्क गर्ने पुरुषको तुलनामा मृत्युको जोखिम दोब्बर हुने कुरा उल्लेख गरेको छ ।
निद्रा
निद्रा शरीरका लागि महत्त्वपूर्ण छ तर धेरै सुत्दा पनि हाम्रो आयु घटन सक्छ। आठ घण्टाभन्दा बढी ओछ्यानमा बस्नु फाइदाभन्दा हानिकारक हुन्छ । त्यसैले, नियमित रूपमा सुत्नुपर्छ तर आठ घण्टा भन्दा बढी होइन ।
बेरोजगारी
१५ देशका दुई करोड मानिसमा ४० वर्षसम्म गरिएको अनुसन्धानअनुसार बेरोजगार मानिसको अचानक मृत्युको जोखिम रोजगारीमा रहेका मानिसको तुलनामा ६३ प्रतिशत बढी हुन्छ ।
एक्लोपन
मानिसका लागि कसैको संगतमा हुनु र कसैसँग कुरा गर्नु महत्त्वपूर्ण छ। कतिपय मानिस तनावबाट टाढा रहन एक्लै बस्न रुचाउँछन् । तर वास्तवमा उनीहरु संसारको सुखबाट वञ्चित भैरहेका छन्, डिप्रेशन आयु छोटो हुनुको प्रमुख कारण हो ।
लामो छुट्टी
यो सत्य हो कि हामीलाई कामबाट विश्राम चाहिन्छ ताकि हाम्रो शरीरले आराम गर्न सकोस्। तर धेरै आराम हानिकारक हुन सक्छ। काम पछिको लामो आरामले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ।
कसरत
व्यायाम शरीरका लागि धेरै महत्त्वपूर्ण छ तर केवल शौक पुरागर्न अत्यधिक व्यायाम गर्नु हानिकारक हुन्छ । डाक्टर वा फिजिकल ट्रेनरको सल्लाहबमोजिम नै व्यायाम गर्नु उपयुक्त हुन्छ ।
प्रतिक्रिया