शुक्रबार, वैशाख १२, २०८२

तीव्र गतिमा विकसित हुँदै गएका सहर !

नेपालखोज २०८१ कार्तिक १३ गते १३:४३

बेंगलोर

बेंगलुरु जसलाई भारतको सिलिकन भ्याली भनिन्छ, विश्वको सबैभन्दा छिटो बढिरहेको सहर मानिन्छ। यो सहर यसको द्रुत गतिमा बढ्दो टेक्नोलोजी उद्योग र युवा, शिक्षित कार्यबलका कारण अगाडि छ। सहरको प्रविधि क्षेत्रले यसलाई व्यापारको प्रमुख केन्द्र बनाएको छ ।

हो ची मिन्ह सिटी , भियतनाम

भियतनामको आर्थिक वृद्धिको मुख्य आधार यसको प्राविधिक उत्पादन क्षेत्र र विदेशी लगानी हो, जसमा हो ची मिन्ह सिटी सबैभन्दा अगाडि छ । ठूला प्राविधिक कम्पनीहरूले सहरमा लगानी गरिरहेका छन् र यातायात जस्ता पूर्वाधार परियोजनाहरूले पनि यहाँ गति लिइरहेका छन् ।

दिल्ली , भारत

सन् २०५० सम्ममा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर बन्ने सम्भावना बोकेको दिल्ली सहरको विकास सेवा क्षेत्र र सहरी बसाइँसराइले चलिरहेको छ । बढ्दो जनसङ्ख्या र आर्थिक वृद्धिलाई सम्हाल्न यो सहरमा ठूला-ठूला पूर्वाधार सुधारका कामहरू भैरहेका छन्।

शेन्जेन, चीन

शेन्जेन प्रविधि, सेमीकन्डक्टर्स र विद्युतीय सवारीसाधन जस्ता क्षेत्रमा आविष्कारको केन्द्र हो । यो सहरले हाई टेक प्रविधि उद्योगमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

हैदराबाद , भारत

हैदराबाद भारतमा टेक्नोलोजी र इनोभेशनमा चम्किरहेको सहर हो र यहाँ प्रति व्यक्ति जीडीपीमा उच्चतम वृद्धि हुने अपेक्षा गरिएको छ । यो सहरले सरकारी सहयोग र प्रविधि तथा जीवन विज्ञानमा बढ्दो लगानीबाट फाइदा लिइरहेको छ।

हनोई , भियतनाम

बढ्दो व्यक्तिगत सम्पत्ति र विस्तारित मध्यम वर्गका कारण हनोई द्रुत गतिमा अगाडि बढिरहेको छ । वायु प्रदूषण यो सहरको चुनौती भए पनि त्यहाँको पूर्वाधारमा सुधार भै वरपरका क्षेत्रमा स्वच्छ र दिगो विकास भैरहेको छ ।

ग्वाङ्झाउ , चीन

चीनको ग्रेटर बे एरियाको अर्को महत्वपूर्ण भाग ग्वाङ्झाउ उत्पादन र नवप्रवर्तनको प्रमुख केन्द्र हो। सहरको बलियो पूर्वाधार र द्रुत रूपमा बढ्दो प्राविधिक क्षेत्रले यसलाई देशको आर्थिक भविष्यमा महत्त्वपूर्ण भूमिका प्रदान गरेको छ।

मुम्बई, भारत
मुम्बई भारतको आर्थिक राजधानी हो, जहाँ बलियो आर्थिक वृद्धि र युवा, दक्ष कार्यबलले घरजग्गा र प्राविधिक वृद्धिलाई बढावा दिइरहेको छ । यो सहरको बढ्दो व्यापार क्षेत्रले यसलाई क्षेत्रीय वित्तीय र डिजिटल हबका रूपमा स्थापित गर्दैछ ।

मनिला, फिलिपिन्स
मनिला द्रुत सहरीकरण र बढ्दो मध्यम वर्गका कारणले अगाडि बढिरहेको छ यसमा पूर्वाधार र व्यापार प्रतिस्पर्धामा सुधार गर्ने सरकारी योजनाहरूको समर्थन छ । सहरको आर्थिक जग बलियो हुँदै गएपछि यसको विकासले थप गति लिने अपेक्षा गरिएको छ ।

रियाद, साउदी अरब
साउदी अरबको सहर रियाद यो सुचिको दशौं स्थानमा छ जहाँ ठूला-ठूला पूर्वाधार परियोजनाहरू र जनसंख्या वृद्धि भैरहेको छ । साउदी अरेबियाको आधुनिकीकरण र ठुलो लगानीका साथ यो शहर विश्वव्यापी व्यापार केन्द्रका रूपमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया