दिनमा कति भात खाने ?
भात खाँदा मोटोपन बढ्छ भन्ने धेरैजसोको विचार छ, तर यदि भात सही समयमा, सही मात्रामा र सही तरिकाले खाइयो भने स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र यसले शरीरमा कार्बोहाइड्रेटको मात्रा पनि पूरा गर्छ । यद्यपि धेरैजसोको मनमा के प्रश्न छ भने हामीले कति भात खाने वा दिनमा कति पटक भात खान सकिन्छ ?
दिनमा एक पटकभन्दा बढी भात खानु स्वस्थ आहारको हिस्सा हुन सक्छ, तर यो तपाईंले खाने भातको मात्रा, भातको प्रकार र भातसँग के खाने जस्ता कुराहरूमा निर्भर गर्दछ ।
तौल घटाउन दिनमा १ देखि २ पटक भात खाने सल्लाह दिन सकिन्छ, किनभने चामलमा कार्बोहाइड्रेट हुन्छ । तर यदि यो भन्दा धेरै पटक भात खाइयो भने यसले शरीरमा अतिरिक्त क्यालोरी बढाउँछ। रोटीको सट्टा दिनमा १ देखि २ पटक एक कचौरा भात खान सकिन्छ ।
चामलमा प्रचुर मात्रामा कार्बोहाइड्रेट हुन्छ, यस बाहेक सेतो चामलको सट्टा ब्राउन राइस वा रातो चामल खाने हो भने यसमा फाइबर, भिटामिन बी, म्याग्नेसियम तथा आइरन जस्ता खनिजहरू पनि पाइन्छन । ब्राउन राइस वा रेड राइस खानु कतिपय व्यक्ति वा रोगका लागि लाभदायक हुन सक्छ।
यदि हामीले थोरै मात्रामा प्रोबायोटिक जस्तै दहीसँग भात खायौं भने यसले तौल घटाउन मद्दत गर्छ। यसलाई तरकारी र प्रोटिन जस्ता खानेकुरासँग पनि खान सकिन्छ ।
यसबाहेक कहिलेकाहीं आफ्नो आहारमा भात समावेश गर्न इडली, डोसा वा बिरयानी जस्ता व्यंजनहरू पनि प्रयोग गर्न सकिन्छ ।
अब प्रश्न उठ्छ कि हामीले नियमित खानामा कुन चामल खाने रु हामी यसमा सेतो चामल पनि प्रयोग गर्न सक्छौ , तर यसलाई स्टार्च हटाएर वा थोरै मात्रामा खानु उपयुक्त हुन्छ । यसबाहेक ब्राउन राइस वा रातो चामलमा उच्च मात्रामा पोषक तत्व र फाइबर हुन्छ, जसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सक्छ र समग्र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
प्रतिक्रिया