जाडोमा किन ‘स्याड’ हुन्छन् मानिसहरू…
काठमाडाैं । जाडो नजिकिँदै जाँदा निराश महसुस गर्नु मिथक होइन एउटा वैज्ञानिक सत्य हो । यसलाई चिकित्सकहरु ‘सीजनल अफेक्टिभ डिप्रेशन’ (SAD) वा विन्टर डिप्रेशन भन्छन ।
के हो मौसमी अवसाद ?
जाडो नजिकिँदै गएपछि धेरैले मौसमी अवसाद महसुस गर्छन् । चिकित्सा विज्ञानमा यसलाई ‘सीजनल अफेक्टिभ डिप्रेशन’ भनिन्छ । यस्तो अवस्थामा मानिसको मनमा आतंक, चिन्ता र डर जस्ता भावनाहरु उत्पन्न हुन्छन्।
लक्षण
मौसमी अवसाद सामान्यतया पतझडमा सुरु हुन्छ र वसन्त ऋतुमा कम हुन्छ । दिनको उज्यालो हुने वा समय परिवर्तन हुने समयमा यस्तो अवसादले बढि सताउँछ ।
किन हुन्छ मौसमी अवसाद
डा. नर्मन रोसेन्थलले १९८४ मा मौसमी अवसादलाई विस्तृत रूपमा व्याख्या गरेका थिए । उनको अध्ययन अनुसार हाम्रो आँखाका विशेष कोशिकाहरूले नीलो प्रकाश प्रति प्रतिक्रिया जनाउँछन , जसले मूड र सतर्कतालाई प्रभावित गर्छ । केही व्यक्तिमा नीलो प्रकाशका लागि जाडोमा कम संवेदनशीलता देखापर्छ जसले उनीहरूको अवसाद लक्षणहरू बढाउन सक्छ।
प्रकाशबाट उपचार
सीजनल डिप्रेशन भएका मानिसहरूले हल्का थेरापीबाट पनि धेरै फाइदा लिन सक्छन् । डा . येल माजिसिन संयुक्त राज्य अमेरिकाका शोधकर्ता पनि हुन । येल हरेक बिहान ८ बजेभन्दा पहिले करिब ३० मिनेट उज्यालो वातावरणमा बस्दा मानिसका लक्षणहरूमा सुधार आउने कुरा बताउँछन् । धेरैलाई बिहान हिँड्दा वा
बगैँचा – करेसाबारिमा काम गर्दा पनि फाइदा हुन्छ ।
जसले सहयोग गर्छ
बत्ती वा उज्यालो बाहेक, एन्टी-डिप्रेसन्ट ड्रग्स र ‘बिहेबियर थेरापी’ पनि मौसमी अवसादका लागि प्रभावकारी उपचार हो। यस्तो थेरापीले मानिसहरूलाई नकारात्मक विचारहरू परिवर्तन गर्न मद्दत गर्दछ ।
योगका साथ मानिसहरू भेट्ने
कतिपय मानिसहरूले योगबाट मद्दत पाउँछन् भने कोहि बिहान – बेलुका हिँड्छन् । विभिन्न कसिमका मानिसहरु सँग भेटनु , कुराकानी गर्नु अरूलाई उनीहरूको लक्षणहरू सामना गर्न भेट्छन् । यसका लागि सामाजिक सञ्जालमा पनि समूहहरु बनेका छन् ।
रमाइला गतिविधिहरू
रमाइला गतिविधिहरूमा भाग लिनुले मौसमी अवसाद भएका मानिसहरूका लागि सानै भए पनि मद्दत हुन सक्छ । जाडो बढ्दै जाँदा, धेरैले वसन्तको आगमन र फूलहरू फुल्नुलाई राम्रो दिन सुवातको संकेत मान्छन्।
स्रोत : एपी
प्रतिक्रिया