सोमबार, माघ २८, २०८१

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

नेपालखोज २०८१ कार्तिक २१ गते १४:४९

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

Advertisement

केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएको थियो ।

प्रतिक्रिया