सोमबार, मंसिर २४, २०८१

पृथ्वीलाई बदल्दैछ हावाले…

नेपालखोज २०८१ कार्तिक २१ गते १६:२९

काठमाडाैं । यो पृथ्वीमा लगभग ४.६ बिलियन वर्ष पहिले ब्रह्माण्डीय हावा, आगो र गुरुत्वाकर्षणबाट धुलो र ग्यास सिर्जना भएको थियो । यस क्रममा पहिले वायुमण्डल र हावा बन्यो, त्यसपछि वर्षा र महासागर अनि अन्तमा जीवनको निर्माण भयो । पृथ्वीमा बन्ने धुलो र ग्यासको बाक्लो बादललाई सौर्य निहारिका पनि भनिन्छ।

नजिकै भएका सुपरनोभा विस्फोटबाट उत्पन्न झटकाले सौर्य निहारिकाको पतन सुरु गरेको हुन सक्छ । त्यहि समयमा तातो ग्यास पनि निस्कियो जसमा मुख्यतया हाइड्रोजन, नाइट्रोजन र हाइड्राइड जस्ता ग्यास थिए । ती ग्यास अस्थिर प्रकृतिका थिए र ग्रहको गठनका क्रममा तिनका वरिपरि घुमिरहेका हुन्थे । यसरी पहिले हावा बनेको र त्यस पछि वायुमण्डलको निर्माण भएको बैज्ञानिकहरुको अनुमान छ ।

हाम्रो वायुमण्डलमा भएको हावा दुई वटा प्रक्रियाबाट उत्पादन हुन्छ – जमिन र पानीको द्रव्यमानमा पर्ने सूर्यको तापको प्रतिक्रिया र पृथ्वीको अक्षमा परिक्रमा ।

प्रारम्भिक चरणको हावा हल्का र अल्पकालीन हुन सक्छ , पृथ्वीका अहिलेका बासिन्दाहरूले चिन्न नसक्ने खालको । लाखौं वर्षमा ग्रह बिस्तारै चिसो हुँदै जाँदा गतिशील ग्यासहरूको मिश्रणले यसको संरचना परिवर्तन भएको हुनुपर्छ र पर्याप्त चिसो भएपछि हावाको प्रणाली आजको जस्तो भएको अनुमान छ ।

हाम्रो स्थिर वायुमण्डलको यो हावा जसले ग्रहको मौसम बनाउँछ तथा तापक्रम र वर्षाका रूपमा हाम्रो जीवनलाई पोषण दिन्छ, अहिले द्रुत र अनिश्चित गतिमा परिवर्तन भैरहेको छ । धेरैजसो क्षेत्र र दिशाहरूमा हावाको गति सुस्त भएको वा रोकिरहेको छ भने केही क्षेत्र र दिशामा थप ऊर्जावान र गतिशिल पनि हुँदै गएको छ ।

यस्ता घटनाले मौसमलाई असर गरिरहेको छ र पृथ्वीको मौसमका धेरै पक्षलाई परिवर्तन गरिरहेको छ ।

प्रतिक्रिया