प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले तीन महिनामै कमायाे १२ करोड ६२ लाख नाफा

नेपालखोज २०८१ कार्तिक २६ गते १२:२९

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा बढेको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड ६२ लाख ३७ हजार आठ सय पाँच रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई करोड रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड तीन लाख ९६ हजार पाँच सय तीन रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब २२ करोड ५६ लाख रुपैंयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैंयाँ ६९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ भने एक सय १९ रुपैंयाँ ३४ पैसा रहेको छ ।

प्रतिक्रिया