मंगलबार, मंसिर २५, २०८१

अमेजन जंगलको कटान कम भयो !

नेपालखोज २०८१ कार्तिक २६ गते १६:३४

काठमाडाैं । ब्राजिलको अमेजन जंगलमा गत वर्षको तुलनामा रुख काट्ने काम ३०.६ प्रतिशतले घटेको छ । उक्त वनको फँडानी ९ वर्ष यता कै न्यून रहेको सरकारी प्रतिवेदन सार्वजनिक भएको छ । यसलाई राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको नेतृत्वमा भएका वातावरण संरक्षण प्रयासहरूको परिणाम मानिन्छ ।

अगस्ट २०२३ देखि जुलाई २०२४ सम्म अमेजन वनको ६,२८८ वर्ग किलोमिटर वन घटेको छ । सेराडो, ब्राजिलको केन्द्रमा अवस्थित संसारको सबैभन्दा जैविक विविधतायुक्त घाँसे मैदान हो । त्यहाँ पनि घाँस काटने काम २५.७ प्रतिशतले घटेको छ । पाँच वर्षमा पहिलो पटक यस क्षेत्रमा फसल काट्ने क्रम घटेको हो ।

ब्राजिलका जनजातिहरू अमेजन जंगलहरू बचाउन लडाइँ लडिरहेका छन् । अमेजनको सुरक्षाका कानुन छ तर सेराडोसँग यस प्रकारको कानुनी सुरक्षा छैन त्यसैले यहाँ फसल काट्ने घटनामा कमी आउनुको खास महत्त्व छ ।

सरकारी अधिकारीहरूले कडा निगरानी र नियन्त्रणका कारण यो सफलता सम्भव भएको बताएका छन् । ब्राजिलको नेशनल इन्स्टिच्युट फर स्पेस रिसर्च (INPE) को तथ्याङ्क अनुसार सरकारको नयाँ नीतिहरूले वातावरणलाई हानिबाट जोगाउन प्रमुख भूमिका खेलेको छ।

लुलाले वातावरणीय नीति परिवर्तन गरे

लुला दा सिल्भा गत वर्ष मात्र ब्राजिलको राष्ट्रपति बनेका थिए। उनले सत्तामा आएपछि वातावरण संरक्षणमा जोड दिए। उनले सन् २०३० सम्ममा अमेजनको जंगल बिनासलाई शून्यमा झार्ने लक्ष्य राखेका छन्।

उनको यो नीति पूर्व राष्ट्रपति जैर बोल्सोनारो भन्दा पूर्णतया फरक छ जसले २०१९ देखि २०२२ सम्म सत्तामा रहँदा आर्थिक वृद्धिका लागि अमेजनको प्रयोग गर्ने नितिको वकालत गरेका थिए । बोल्सोनारोको समयमा बन फडानि र सुन खानी माथि कुनै लगाम थिएन जसले यो वनको बिनासलाई १५ वर्षकै उच्च बिन्दुमा पुर्यायो । यद्यपि अमेजनमा रूख काट्ने क्रम घटेको छ तर गम्भीर खडेरी र वन डढेलो नयाँ चुनौतीका रूपमा देखा परेको छ।

अमेजनको आगो सामान्यतया जमिनमा खसेका पातहरूमा फैलिन्छ, त्यसैले यसलाई प्रत्यक्ष रुपमा रूखमा असर पुर्याउँदैन। तैपनि, यसको पूर्ण प्रभाव आगामी केही महिनामा स्याटेलाइट अनुगमनबाट मात्र थाहा हुनेछ।

अमेजनको महत्व

अमेजन बेसिनको क्षेत्र हाम्रो छिमेकी मुलुक भारतको भन्दा दोब्बर ठूलो छ र यो संसारको सबैभन्दा ठूलो वर्षावन हो । यो वनलाई पृथ्वीको फोक्सो भनिन्छ । यसमा कार्बन डाइअक्साइडको ठूलो भण्डार छ, जसले जलवायु परिवर्तनलाई सुस्त तुल्याउन ठुल‍ मद्दत गर्दछ । यसबाहेक यो संसारको ताजा पानीको लगभग २० प्रतिशत र १६ हजार भन्दा बढी रूखबिरुवाका प्रजातिको घर हो।

राष्ट्रपति लुलाको सरकार गत वर्षको सफलतालाई निरन्तरता दिन चाहन्छ, तर अमेजनको संरक्षण प्रयासमा सन्तुलन कायम राख्नु ठूलो चुनौती हो । यसका लागि आर्थिक र वातावरणीय सन्तुलनको दिगो नीति चाहिन्छ ताकि यो महत्त्वपूर्ण पारिस्थितिकी प्रणालीको रक्षा गर्न सकियोस ।

एपी

प्रतिक्रिया