शुक्रबार, मंसिर २८, २०८१

दोहोरो अंकले उकालो लाग्दा १० अर्ब भन्दा बढीको शेयर किनबेच

नेप्से सुचक तथा कारोबार रकम दुबै बढ्यो

नेपालखोज २०८१ कार्तिक २९ गते १५:५६

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १४ दशमलव १२ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १३ दशमलव ९५ अंकले बढेर २७ सय ४८ दशमलव ७८ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २३ अंकले बढेर चार सय ८६ दशमलव शुन्य तीन अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २१ वटा कम्पनीहरुको एक लाख एक हजार पाँच सय ४५ पटकको कारोबारमा दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ३२ करोड तीन लाख ३१ हजार चार सय ३६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ७८ अंकले बढेर १५ सय २७ दशमलव ६५ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ६७ दशमलव ४९ अंकले बढेर पाँच हजार छ सय १० दशमलव ४७ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि ४७ दशमलव ३७ अंकले बढेर तीन हजार पाँच सय ७४ दशमलव शुन्य दुई अंकमा चढेकोमा होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुुचक पनि क्रमशः ६४ दशमलव २९, ३९ दशमलव ८४, शुन्य दशमलव शुन्य तीन र १३ दशमलव १३ अंकले बढेका छन् । फाईनान्स समुहको सुचक भने तीन दशमलव ७४ अंकले घटेर तीन हजात सात सय ६१ दशमलव ७७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि चार दशमलव ७९ अंकले घटेर १३ हजार चार सय ८३ दशमलव १५ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ११ दशमलव ८६ अंकले घटेर १३ हजार तीन सय ५६ दशमलव ४० अंकमा झरेकोमा लगानी, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य तीन, २१ दशमलव ५५ र २७ दशमलव ७५ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रावा इर्नर्जी कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने जानकी फाईनान्स पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया