सोमबार, मंसिर २४, २०८१

गरिब देशहरूमा कम गुणस्तरका उत्पादनको बिक्रीवितरण

नेपालखोज २०८१ कार्तिक २९ गते १६:५०

काठमाडौं । विश्वको ३० ठूला खाद्य तथा पेय पदार्थ निर्माताले नेपालजस्ता न्यून आय भएका देशहरूमा मानिसहरूलाई स्वास्थ्यमा नराम्रो असर पार्ने उत्पादनहरू बेच्ने गरेको एउटा नयाँ रिपोर्टले देखाएको छ ।

नेदरल्याण्डमा आधारित गैर-नाफामुखी संस्था ‘एक्सेस टु न्यूट्रिशन इनिसिएटिभ’ (एटीएनआई) ले नेस्ले, युनिलिभर , पेप्सि जस्ता ठूला बहुराष्ट्रिय कम्पनीहरूका ५२,००० भन्दा बढी उत्पादनको मूल्याङ्कन पछि यो प्रतिवेदन जारी गरिएको हो ।

मूल्याङ्कन प्रणाली

यो एचएसआर द्वारा प्रकाशित पाँचौं सूचकांक हो, जुन अहिलेसम्मको सबैभन्दा ठूलो मूल्याङ्कन हो। संगठनले अष्ट्रेलिया र न्यूजील्याण्डमा उत्पादनको गुणस्तर जाँच गर्न विकसित हेल्थ स्टार रेटिङ (HSR) प्रणाली प्रयोग गरी कुल ५२,४१४ उत्पादनको विश्लेषण गरेको थियो ।

यो मूल्याङ्कन अनुसार न्यून आय भएका देशहरूमा बिक्री भइरहेका खाद्यान्न र पेय पदार्थको मूल्याङ्कन उच्च आय भएका देशहरूमा बिक्री हुनेभन्दा कम रहेको पाइएको छ। यी कम्पनीहरूलाई न्यून आय भएका देशहरूमा ५ मध्ये १.८ र उच्च आय भएका देशहरूमा २.३ मूल्याङ्कन गरिएको थियो। ३.५ भन्दा बढी स्कोर गर्ने उत्पादनहरू स्वास्थ्यका लागि राम्रो मानिएको छ ।

कम आय भएका देशहरूमा मोटोपनसँग के सम्बन्ध ?

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस मोटा छन्। विश्व बैंकका अनुसार यो जनसंख्याको ७० प्रतिशत न्यून तथा मध्यम आय भएका देशहरूमा छन । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै, एटीएनआई अनुसन्धान निर्देशक मार्क विज्नेले भने, के कुरा स्पष्ट छ भने यी कम्पनीहरूले विश्वका गरिब देशहरूमा बेच्ने उत्पादनहरू स्वास्थ्यका लागि बिल्कुल अनुकुल छैनन्। उनले यस्ता देशका सरकारले यस बिषयमा थप सचेत हुनुपर्ने आवश्यकता पनि ओैंल्याए ।

यहि बिषयमा नेस्लेका प्रवक्ताले इमेल गरिएको आफ्नो जवाफमा भनेका छन – हामीले पौष्टिक खानाको बिक्री बढाउनुका साथै मानिसहरूलाई सन्तुलित आहारमा लाने प्रयास गरेका छौं। नेस्ले विकासोन्मुख देशहरूमा पोषक तत्वको कमी पूरा गर्न सहयोग गर्न तत्पर छन्। पेप्सिकोका प्रवक्ताले यस विषयमा समाचार एजेन्सी रोयटर्सका प्रश्नहरूको जवाफ दिन अस्वीकार गरे।
रोयटर्स

प्रतिक्रिया