कविता : पुरुषको समाज
बसन्त बस्नेत
२०८१ मंसिर ७ गते १७:५१
तिमी जुनसुकै
बिचार
या बाटो
या चोक बाट हिँड
तिमी पुग्ने भनेकै
पुरुषहरूको समाजमा हो
त्यी डरलाग्दा विचारका आविष्कारक
जो वेश्यालय भत्काउन
दिन भर षड्यन्त्र रच्छन्
वेश्या / वेश्यालयले छोएको माटो
र उनलाई छोएको हावा
अधर्मी / नास्तिक र स्पर्श गर्न नमिल्ने
भन्दै गुञ्जाउछ्न
जब साझ पर्न थाल्छ
उसको पाइलाले
उसकै (पुरुषत्व) बिचारको विरोध गर्दै
वेश्याको खोजीमा वेश्यालय तर्फ हिँड्छ
जुन वेश्यालय भत्काउने षड्यन्त्र थियो दिनभर
अर्को तला थप्ने षड्यन्त्र भयो रातभर ।
सम्बन्धित
प्रतिक्रिया