आइतबार, माघ ६, २०८१

हाइलाइफ एग्रो एन्ड फुड्सले लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन गर्ने

नेपालखोज २०८१ मंसिर १३ गते १९:३३

काठमाडौं । हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन गर्ने भएकाे छ । प्रायोजनका सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ ।

Advertisement

लुम्बिनी लायन्स क्रिकेट टोलीको प्रायोजनले खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धनप्रति योगदान पुग्ने हाइलाइफ एग्रोका हेड अफ मार्केटिङ सुशान्त घिमिरेले बताए ।

हाइलाइफले स्वास्थ्य, खेलकुद, युवा गतिविधिलाई प्राथमिकतामा राख्दै आइरहेको उनको भनाइ छ । ‘हाइलाइफ एक विश्वासिलो नेपाली ब्रान्डको रूपमा स्थापित भएको छ,’ उनले भने, ‘हाइलाइफले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिष्ठित ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै ग्राहकहरूको माया जितेको छ ।’

ग्राहकको मायाबाट सफलता प्राप्त गरिरहेको नेपाली ब्राण्डले नेपाली खेलकुदको विकासमा सधैं साथ दिने उनले प्रतिबद्धता व्यक्त गरे । ‘स्वस्थ जीवनशैलीको निर्माणमा हाम्रो साथ रहन्छ,’ उनले भने ।

प्रतिक्रिया