आइतबार, माघ ६, २०८१

करीब सात लाख मूल्यको रुद्राक्षको दाना बरामद

नेपालखोज २०८१ मंसिर १८ गते १३:२९

काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करीब छ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले मंसिर १८ गते बरामद गरेको छ ।

Advertisement

धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शंका लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ के.जी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो । बरामद रुद्राक्षको दाना आवश्यक कारवाहीको लागि राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।

 

प्रतिक्रिया