शनिबार, माघ ५, २०८१

यी बलिउड स्टारका विदेशमा पनि विलासी घर छन्

नेपालखोज २०८१ मंसिर १८ गते १५:४६

घर किन्नु मध्यमवर्गका लागि एउटा सपना जस्तै हो । उनीहरूको जीवनको मुख्य उद्देश्य त्यहि सपनाको घर बनाउनु हुन्छ । यद्यपि करोडौं रुपैयाँ कुल सम्पत्ति भएका बलिउड स्टारहरूका लागि यो सामान्य कुरा हो । बलिउड स्टारहरूले यस्तो सपना धेरै पटक पूरा गरेका छन् । बलिउड कलाकारहरूले प्रत्येक फिल्मका लागि करोडौं रुपैयाँ शुल्क लिन्छन्, जुन उनीहरूको धेरै आय स्रोतहरू मध्ये एक हो । हामी सबैलाई यी स्टारहरूको विलासी निवासहरूका बारेमा थोरबहुत जानकारि पनि छ । यद्यपि तिनको सम्पत्ति भारतको सीमा भित्र मात्र सीमित छैन । यी कलाकारहरूको विदेशमा पनि करोडौं रुपैयाँको सम्पत्ति छ ।

Advertisement

अक्षय कुमार

टोरन्टो, क्यानाडामा अक्षय कुमारको नाममा एउटा पुरै डाँडा छ । यससँगै उक्त पहाडमा बनेका केही अपार्टमेन्ट र बंगला पनि खेलाडी कुमारको नाममा दर्ता भएका छन् । अक्षय टोरन्टोलाई आफ्नो दोस्रो घर मान्छन् । अक्षयको मरिससको लोकप्रिय समुद्र तटमा पनि एउटा बंगला छ ।

प्रियंका चोपडा

प्रियंका चोपडा २० मिलियन डलर अर्थात लगभग २६८ करोड रुपैयाँको हवेलीको सह-मालिक हुन् । प्रियंकासँगै उनका श्रीमान् तथा पप स्टार निक जोनासले पनि क्यालिफोर्नियाको लस एन्जलसमा रहेको यो २० हजार वर्ग फिटको घरमा लगानी गरेका छन् । प्रियंकाको मोन्ट्रियलमा पनि एउटा हवेली छ जहाँ उनी अस्थायी रूपमा बसोबास गर्छिन ।

शाहरुख खान

किङ खानको दुबईको ‘द पाम जुमेराह’ मा करब ५० करोड रुपैयाँको लक्जरी हलिडे होम छ । समुद्र तटमा अवस्थित यो भिला ८५०० वर्ग फिट र जमिन १४ हजार वर्ग फिटमा फैलिएका छन । शाहरुखसँग पार्क लेन, सेन्ट्रल लन्डनमा २० लाख पाउन्ड अर्थात लगभग ३४७ करोड रुपैयाँको अपार्टमेन्ट पनि छ ।

अमिताभ बच्चन तथा ऐश्वर्या – अभिषेक

अमिताभ बच्चन समेत विदेशमा विलासी घर किन्ने कलाकारको सूचीमा छन् । बिग बीका कुल आठ वटा विलासी घर छन्, जसमध्ये पाँच वटा मुम्बईमा छन् । यसबाहेक पेरिसमा पनि उनको घर छ । यसैगरि अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको दुबईको जुमेराहको गल्फ इस्टेटमा एउटा भिला छ जुन ५६०० वर्ग फिटदेखि १०,६०० वर्ग फिटसम्म फैलिएको छ । रिपोर्टहरु अनुसार यसको मूल्य १०० करोड रुपैयाँसम्म हुन सक्छ ।

प्रतिक्रिया